Thursday, January 27News That Matters

महाकाली बेचेको’ आरोप लागेको कांग्रेसलाई देउवा कारण लिपुलेक बेचेको आरोप लाग्ने आधार तयार

1955 Shares

काठमाडौं पुस २९ –

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको ६ महिना पूरा भएको छ। जननिर्वाचित सरकारलाई ब’र्खास्त गर्दै सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका देउवालाई मुलुक र जनताको हितमा काम गर्ने राम्रो अवसर भएपनि यी सबै अवसरबाट उनी चुकेका छन्।

‘प्र’तिगमन’ परास्त गरेको भन्दै उत्साहका साथ सरकारको नेतृत्वमा आएका देउवाले आफू प्रधानमन्त्रीमा नियुक्त भएको तीन महिनापछि मात्रै सरकारलाई पूर्णता दिन सकेका थिए।

यो बीचमा प्रदेश सरकार परिवर्तन र ओली सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने बाहेक देउवा सरकारले जनहितमा उल्लेख्य काम गर्न सकेको छैन।

पार्टीको १४ औं महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका देउवाले संसदको अव’रो’ध अन्त्य गर्न प्रभावकारी भूमिका निर्वाह गर्न सकेका छैनन् भने देउवाकै का’र’ण सर्वोच्च अदालत भद्र’गो’ल अवस्थामा पुगको छ।

पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक बनाउने घोषणा गरेपछि नेपालको पक्षबाट केही बोल्न नसकेको भन्दै देउवाको आ’लो’चना बढेको छ।

तत्कालीन ओली सरकार ह’टाउनका लागि देउवासँगै एकजुट भएर आफ्नै पार्टी नेकपा एमालेबाट वि’द्रो’ह गरेर अलग्गिएको एकीकृत समाजवादीलेसमेत मोदीको भनाइको वि’रो’ध गरिसकेको छ।

तर, देउवाले न पार्टीको तर्फबाट यस विषयमा केही बोले न त सरकारको तर्फबाट केही बोल्न सकेका छन्। भारतवि’रो’धी भएकै का’रण भारतीय गु’प्त’चर एजेन्सीको च’लखे’लमा झण्डै दुई तिहाइ बहुमतको ओली सरकार ढला’इएको दा’वी गर्ने गरिन्छ।

यही दा’वीका बीच देउवाले पनि मोदीसँग सम्बन्ध सुधारकै लागि यस विषयमा चु’इँ’क्क नबोलेको आरो’प लगाइएको छ। यसअघि मातृकाप्रसाद कोइरालाले गरेको कोशी सम्झैतालाई ‘कोशी बेचेको’, बीपीले गरेको गण्डक सम्झौतालाई ‘गण्डक बेचेको’

र गिरिजाप्रसाद कोइरालाले गरेको महाकाली सम्झौतालाई ‘महाकाली बेचेको’ आ’रो’प लागेको पृष्ठभूमिमा देउवामाथि ‘लिपुलेक बेचेको’ आ’रो’प लाग्ने आधार तयार भएको छ। डिसी नेपाल बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.