Thursday, January 27News That Matters

जसपा फुटको संघारमा, भट्टराईले मागे देउवासंग सहयोग

1605 Shares

काठमाडौं पुस २९ । राजनैतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएर दल विभा’जन गर्न ह’दैसम्म सजिलो बनाइ नेकपा एमाले र विभा’जन गराउन सहयोग गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि अर्को पार्टी फु’टाउन सहयोग गर्ने तयारी गरेका छन्।

यसपटक देउवाको निशानामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी परेको छ। यसअघि देउवाले नेकपा एमाले विभाजन गराउने नि’यतले अध्यादेश ल्याउँदा त्यसको ‘सा’इड इफे’क्ट’ स्वरुप जनता समाजवादी पनि विभाजन भएको थियो।अहिले भने देउवाको मुख्य लक्ष्यमा नै जनता समाजवादी परेको छ।  जनता समाजवादीबाट बाबुराम भट्टराईलाई पार्टी विभाजन गरेर बाहिरिन सहयोग गर्ने विषयमा देउवाको कोर टिममा छलफल सुरु भइसकेको छ।

राजनैतिक दल विभाजन गर्नको लागि विद्यमान कानुनअनुसार संसदीय दलका ४० प्रतिशत सदस्य र ४० प्रतिशत केन्द्रीय सदस्यको समर्थन हुनुपर्छ। अहिले भट्टराईलाई ४० प्रतिशत सांसदहरुको समर्थन छ तर ४० प्रतिशत केन्द्रीय सदस्य भने उनको पक्षमा छैनन्। अब देउवाले नयाँ अध्यादेश ल्याएर ४० प्रतिशत सांसद वा ४० प्रतिशत केन्द्रीय सदस्य मध्ये कुनै एक शर्त पूरा भएमा पार्टी वि’भा’जन गर्न सकिने व्यवस्था गर्न लागेका छन्।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल वि’भाजन गर्न सहज हुने गरी अध्यादेश ल्याएपछि चौतर्फी वि’रो’ध भएको थियो। अध्यादेशको वि’रो’ध थे’ग्न नसकेपछि ओली सरकारले उक्त अध्यादेश फिर्ता दिएको थियो। तर, पछि सर्वोच्चको आदेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले ओलीले नै ल्याएजस्तो राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याएर नेकपा एमाले विभाजन गर्न सहयोग गरेका थिए ।

एमालेसँगै जनता समाजवादी पार्टी पनि विभाजित भएपछि देउवा सरकारले उक्त अध्यादेश खारेज गरेको थियो।अहिले फेरि राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने गरी प्रधानमन्त्री शेरबहादुर देउवाको कोर टिम भित्र छलफल हुन थालेको हो। स्रोतका अनुसार जसपा भित्रको विवादलाई मध्यनजर गर्दै प्रधानमन्त्री देउवाले फेरि राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने गरी छलफल चलाएका हुन्।

यतिबेला जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईबीच वि’वा’द बढेको छ। वि’वा’द बढ्दै जाँदा पार्टी विभा’जनको तहसम्म पुगेपछि फेरि राजनीतिक दल वि’भा’जन सम्बन्धि अध्यादेशका विषयमा छलफल सुरु भएको हो। स्रोतका अनुसार डा। भट्टराईले पार्टी वि’भाजन गर्न सहज हुने गरी अध्यादेश ल्याइदिन प्रधानमन्त्री देउवालाई भेटेर आग्रह गरिसकेका छन्।

डा. भट्टराईको पक्षमा संसदीय दलमा ४० प्रतिशत संख्या पुगेपनि केन्द्रीय कमिटीमा भने सो संख्या नपुग्ने भएपछि भट्टराईले देउवालाई भेटेर दल वि’भा’जन सम्बन्धि अध्यादेश ल्याइदिन आग्रह गरेका हुन्।स्रोतका अनुसार देउवाले संसदीय दल वा केन्द्रीय कमिटीमध्ये एकमा ४० प्रतिशत पुगे दल वि’भा’जन गर्न सकिने प्रा’व’धान राखेर अध्यादेश ल्याउने विषयमा छलफल थालेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.