Thursday, January 27News That Matters

एमाले एक्लै चुनाव लडे १ सिट पनि नजितने बिरोध खतिवडा दाबी

1895 Shares

काठमाडौँ पुस २८ –

आरुघाट गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) को बृहत कार्यकर्ता भेला सम्पन्न भएको छ । एकीकृत समाजवादी आरुघाट गाउँपालिका अध्यक्ष एवं आरुघाट गाउँपालिका ५ का अध्यक्ष नारायण ध्वज खड्काको अध्यक्षतामा भएको भेलामा पार्टीका स्थायी कमिटी सदस्य एवं नेपाल सरकारका स्वास्थ तथा जनसंख्या मन्त्री बिरोध खतिवडाको प्रमुख आतिथि रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले एमाले अध्यक्ष केपी ओलीले दूइ तिहाइको जनमत कु’ल्चेर आम जनताको आशा भरोसालाई कु’ठाराघा’त गरेको तथा जनमतको अप’मान गरेको बताए । उनले भने, ‘केपी ओली कम्युनिस्ट

विचार र सिद्धान्तबाट स्ख’लित भैसकेकाले नेपालमा कम्युनिस्ट पार्टीको अ’स्तित्व बचाउन एमालेबाट बि’द्रो’ह गरेका हौं ।’ मन्त्री खतिवडाले एमाले एक्लै चुनाव ल’डे १ सिट पनि नजित्ने दाबी गरे ।

केपी ओलीप्रती कटा’क्ष गर्दै खतिवडाले ओलीराप्रपासँग एकता गरेर गणतन्त्रलाई त्याग्दै राजतन्त्र फर्काउने अभियानमा लागेको आ’रो’प लगाए।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य एवं गण्डकी प्रदेश कमिटी सचिव प्रतापलाल श्रेष्ठ, पोलिटब्युरो सदस्य एवं युवा संघ इन्चार्ज दिलु पन्त, गोरखा जिल्ला इन्चार्ज जुध्दविलास भण्डारी, सह–इन्चार्ज सानु मायाबस्नेत, केन्द्रीय सदस्यद्वय इन्दिरा ढुंगाना र रजमदिन मिया, जिल्ला अध्यक्ष यादव बस्नेत, म्याग्दी जिल्ला अध्यक्ष कृष्ण विक लगायतको उपस्थिति रहकेो थियो ।

एकीकृत (समाजवादी) मा आस्था राख्ने कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा लोक दोहोरी गायक चिज गुरुङ र गायिका देवी आलेको सास्कृतिक प्रस्तुति समेत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.