Thursday, January 27News That Matters

दैलेख एमालेमा विवाद सहमति नजुटेपछि निर्वाचनबाट पदाधिकारी छनौट

1412 Shares

सुर्खेत, २७ पुस

एमालेको दैलेख जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा पदाधिकारी चयन गर्न नसकेपछि निर्वाचन हुने भएको छ । अध्यक्षसहित सबै पदाधिकारी तथा खुला सदस्य पदमा निर्वाचन हुन लागेको हो । उपाध्यक्षमा भने नन्दकिशोर बस्नेत निर्विरोध चयन भएका छन् ।

अध्यक्षमा रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाहीबीच प्रति’स्पर्धा हुने भएको छ । सचिवमा रुद्रबहादुर शाही र तिलकप्रसाद रिजालबीच प्रति’स्पर्धा हुने भएको छ ।

उपसचिव पुरुष (खुला)तर्फ गंगाराम दाहाल, चन्द्रप्रसाद दाहाल, जनक न्यौपाने, कविराज खत्री, प्रेमबहादुर खड्का, विष्णुबहादुर शाही र लोकेन्द्रजंग शाहीबीच प्रति’स्पर्धा हुने भएको छ ।

उपसचिव महिलातर्फ कलावती न्यौपाने र लक्ष्मीकुमारी कार्कीको उम्मेदवारी परेको छ । आजै मतदान हुने नेकपा एमाले दैलेखले जनाएको छ । जिल्ला कमिटीमा सदस्यमा भने निर्वि’रोध निर्वाचित भएका छन् ।

एमाले ताप्लेजुङकाे अध्यक्षमा थेवे विजयी 

एमाले ताप्लेजुङकाे अध्यक्षमा भुपेन्द्र थेबे विजय भएका छन् । बलबहादुर सम्मसोहाङलाई ५६ मतले पछि पार्दै  थेवे विजयी भएका हुन् । ६३५ मत खसेकाेमा थेवेले ३२९ र साम्सोहाङले २७३ मत प्राप्त गरेका थिए ।

थेवे केपी ओली र साम्सोहाङ तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता हुन् ।  नेपालले नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ता गरेपछि उनी एमालेमै फर्किएका थिए ।

उपाध्यक्षमा सन्तोष खतिवडा ३३१ मत प्राप्त गरी विजयी भएका छन् । अर्का उम्मेदवार मातृकाप्रसाद भट्टराईले २४६ मत प्राप्त गरेका थिए । सचिव पदमा केशरकुमार मेन्याङबो विजय भएका छन् । मणि पोमु र दिपेन पोमु सहसचिवमा विजय भएका छन् ।

खुल्ला १३ सदस्यमा थेवे पक्षका १० र साम्सोहाङ पक्षका दुईजना विजयी भएका छन् । थेवे समूहका कुमार मादेन,अम्बिका नुगो लिम्बू,निमातेञ्जी शेर्पा, प्रकाश इवारम, पदम सुनुवार, शरदराज निरौला, लेखनाथ भट्टराई, हर्कराज पालुङ्वा, नन्दलाल गौतम र कुलमणि दाहाल विजयी भएका छन् ।  साम्सोहाङ समूहबाट तारानाथ घिमिरे र सन्तोष प्रसाई तथा दुवै समूहमा रहेका दीपक अधिकारी विजयी भएका छन्बि ।

६ खुला महिला सदस्यमा थेवे समूहका भीमादेवी ओझा, निर्मला इजम, कोपिला नेपाली, टीकादेवी दाहाल र पार्वता यक्सो तथा साम्सोहाङ समूहका शान्ता आङ्बुहाङ विजयी भएका छन् । तीन दलित कोटाबाट थेवे समूहका खगेन्द्र नेपाली,सन्तोष तोलाङ र मनकुमार नेपाली विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.