Thursday, January 27News That Matters

प्रधानमन्त्रीलाई भीम रावलको प्रश्न : तपाईंलाई जनताले कसरी पत्याउने?

1059 Shares

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालगायत मन्त्रीहरूले नियमानुसार सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्ने बताएका छन्।

त्यसो नगर्दा उनीहरू सुशासन र कानुनका पक्षमा छन् भनेर पत्याउन नसकिने टिप्पणी पनि गरेका छन्।

‘प्रम र मन्त्रीहरूले नियमानुसार सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने अनिवार्य व्यवस्थाको पालना नगर्नेहरूले सुशासन र कानुनको मर्यादाका लागि काम गर्छौं भन्दा जनताले कसरी पत्याउने’, रावलले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ।

‘विधि र पद्धतिको पालना गर्नु तथा देश र जनताप्रति जिम्मेवार हुनु सरकारको कर्तव्य हो भन्ने स्वयं प्रस्ट छ।’

आज देशभर मौसम बदली‚ केही प्रदेशमा हिमपात र वर्षाको सम्भावना

देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले हाल प्रदेश १ र २ लगायत क्षेत्रमा बदली भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ।  सुदूरपश्चिम, कर्णाली  तथा प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।आज राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

बुधबार प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनेछ।

हिमपात र वर्षाका का’रण हुने चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्र’भावबाट जोगिन आवश्यक सत’र्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.