Thursday, January 27News That Matters

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

1800 Shares

काठमाण्डाै पुस २६  –

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को निर्णय कार्यान्वयन गर्ने भएको छ ।

मन्त्रालयमा बसेको बैठकले सीसीएमसीसीले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको हाे ।

बिदाको मोडालिटीबारेमा भने केही बेरमा सूचना निकाल्ने शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।

एमाले जुम्ला अध्यक्षमा महत, ललितपुरमा आचार्य

कपा (एमाले) जुम्लाले आठौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार सुरु भएको अधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै सकिएको एमालेका जिल्ला इञ्चार्ज रतननाथ योगीले बताए ।

अधिवेशनले पाँच पदाधिकारीसहित ७५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । एमालेको जिल्ला अध्यक्षमा शान्तिलाल महत चयन भएका छन् ।  यस्तै उपाध्यक्षमा सुरतबहादुर शाही, सचिवमा धनकृष्ण पाण्डे, उपसचिवमा प्रेम बुढा र मानबहादुर रोकाया चयन भएका छन् ।

अध्यक्ष बाहेकका अन्य पदमा निर्वाचन गर्ने भनिए पनि अन्तमा सहमतिबाट जिल्ला कमिटी चयन गरेको पार्टी इञ्चार्ज योगीले बताए । सर्वसम्मतिबाट नेतृत्व चयन गर्दै कार्यकर्तालाई सकारात्मक सन्देश दिएको एमालेले जनाएको छ ।

एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य 

यसैगरी एमालेको ललितपुर जिल्ला अध्यक्षमा पुरुषोतम आचार्य सर्वसम्मत रुपमा चयन भएका छन् । शुक्रबारदेखि सुरु भएको एमाले ललितपुरको आठौँ जिल्ला अधिवेशन अन्तर्गत आजको बन्द सत्रमा अध्यक्ष मण्डलबाट आचार्यसहित १२० सदस्यीय कमिटीको नामावली निवर्तमान अध्यक्ष हरिकृष्ण ब्यञ्जनकारले पढेर सुनाएका थिए ।

आचार्य यसअघि सो पार्टी जिल्ला सचिव रहेका थिए । आचार्यसहित कमिटीको उपाध्यक्षमा प्रेमभक्त महर्जन, सचिवमा राम राउत, उपसचिवमा श्याम ब्यञ्जनकार र तारा सञ्जेल चयन भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.