Thursday, January 27News That Matters

दाङमा एमाले पत्तासाफ,तुलसीपुरका यी लोकप्रिय नेतासहित दर्जनौ ठुला नेताहरु माधव नेपाल तिर , समाजवादीमा खुसियाली

1760 Shares

तुलसीपुर उपमहानगरपालिकाका दुई जना कार्यपालिका सदस्य नेकपा एकिकृत समाजवादी पाटीमा प्रवेश गरेका छन् । समाजवादी पाटी निकट युवा संघको आईतवार तुलसीपुरमा भएको भेलामा उनीहरु एमाले पाटी प’रित्या’ग गरी समाजवादीमा प्रवेश गरेका छन् ।

नेकपा एमालेका संगठित सदस्यहरु जानका रेग्मी र डिला परियार समाजवादी पाटी प्रवेश गरेका छन् । उनीहरु दुवै जना तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य हुन् ।

यस अघि कार्यपालिका सदस्य दिपक कुमाल र चित्रा मल्ल समाजवादीमा समावेश भईसकेका छन् । नेकपा एमालेबाट कार्यपालिका सदस्य भएका उनीहरु चारै जना अहिले समाजवादी पाटीमा समावेश भएका छन् ।

पाटी प्रवेश गरेका नेताहरुलाई समाजवादीका केन्द्रिय सचिव भागवत विश्वासी, संघिय सांसद हिराचन्द्र केसी लगाएतका नेताले टिका लगाएर स्वागत गर्नु भएको हो । यस अघि एमालेबाट निर्वाचित तुलसीपुर १६ का वडा अध्यक्ष भुप बहादुर केसीले समाजवादी दल रोज्नु भएको थियो ।

एमाले कास्कीमा जुटेन सहमति, आज मतदान हुने 

नेकपा एमालेको १०औँ जिल्ला अधिवेसन अन्तर्गत कास्कीमा सहमतिको प्रयास तोडिएको छ । धेरै पटकसम्म नेतृत्व टोलीले सहमतिमा कमिटी गठन गर्ने प्रयास गरेपनि त्यो अस’फल भएको हाे । जिल्ला अध्यक्षका लागि दुई जनाले आइतबार नै मनोनयन दर्ता गराइसकेका छन् । मनोनयनपछि पनि सहमति खोजिएको थियो ।

आज मतदानको कार्यतालिका छ । सहमतिको लामो प्रयास असफल भएपछि अन्ततः मतदानमा धकेलिएको हो । कार्यवहाक अध्यक्ष मनबहादुर गुरुङ र सचिव दामोदर बैरागीले अध्यक्षमा उम्मेद्वारी दिएका थिए । उनीहरुले छुट्टाछुट्टै प्यानल खडा गरेका छन् ।

उपाध्यक्षमा बैरागी प्यानलमा प्रभा कोइराला र गुरुङ प्यानलबाट तेजनारायण अधिकारीले मनोनयन दर्ता गरेका छन् । सचिवमा गुरुङ प्यानलबाट विष्ण केसी र बैरागी प्यानलबाट बैनबहादुर अधिकारी क्षेत्री तथा सहसचिवमा २-२ जनाको उम्मेदवारी परेको छ ।

बैरागी प्यानलबाट नवराज ओझा र लेखबहादुर तामाङ (दर्शन लामा) तथा गुरुङ प्यानलबाट इमानराज पौडेल र सुनमाया भुजेलको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ ।

जिल्ला सदस्यमा मादी र रुपा गाउँपालिकाबाट सर्वसम्मत चयन भएको छ । केन्द्रमा सबै अध्यक्ष केपी ओली गुटका भए पनि प्रदेश तहमा उनीहरु विभाजित छन् । गुरुङ पृथ्वीसुब्बा गुरुङको प्यानललाई हाँकिरहेका छन् भने बैरागीले खगराज अधिकारीको समूहलाई नेतृत्व गरेका छन् ।

यहाँ मतदानका लागि ९ सय १४ मतदाता छन् । ७२ वडा रहेको कास्कीमा भूगोल, संघसंगठन र शुभेच्छुक संस्थाबाट मतदाता छानिएका हुन् । यो चुनावले केन्द्रमा सकिएको भनिएको गुटको विजारोपण पछि गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.