Thursday, January 27News That Matters

भारतमा कोरोना तिव्र रूपमा बढेपछि सिमावर्ती जिल्ला रूपन्देहीको तिलोत्तमा नगरपालिकाले पूर्वतयारी थाल्यो

1223 Shares

रुपन्देही पुस २५ –

भारतमा कोरोना तिव्र रूपमा बढेपछि सिमावर्ती जिल्ला रूपन्देहीको तिलोत्तमा नगरपालिकाले पूर्वतयारी थालेको छ। शनिबार मात्रै भारतमा डेढ लाख हाराहारीमा कोरोना सं’क्र’मित थपिएपछि नेपालमा त्यसको प्रभाव पर्नसक्ने भन्दै नगरपालिकाले पूर्वतयारीको कामलाई तिब्रता दिएको हो।

तिलोत्तमा नगरस्तरीय कोभिड सं’कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को आइतबार बिहान बसेको बैठकले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्ने/गराउने निर्णय गरेको छ।

बैठकमा नगरप्रमुख बासुदेव घिमिरेले नगरपालिकाले केउलानीमा यसअघि नै निर्माण गरेको अस्थायी कोरोना अस्पताललाई थप स्तरोन्नती गरी स्वास्थ्यकर्मीलगायत आवश्यक उपकरण, स्रोत–साधन र जनशक्तिको पूर्वव्यवस्थापन गर्न स्वास्थ्यशाखालाई निर्देशनसमेत दिएका छन्।

कतिपय पालिकाले यसअघि निर्माण गरेका अस्थायी कोरोना अस्पताल तथा आईसोलेसन सेन्टर हटाए पनि तिलोत्तमा नगरपालिकाले भने केउलानीमा निर्माण गरेको एक सय बेडको अक्सिजन सेवासहितको अस्पताललाई यथावत राखेको छ।

बैठकमा ओमि’क्रोन भाईरसको बारेमा स्वास्थ्य विज्ञद्धारा जनप्रतिनिधि, स्वास्थ्यकर्मी एवम् सम्पूर्ण टोल विकास संस्थाका पदाधिकारीलाई अभिमुखीकरण गर्ने, नगरक्षेत्रभित्र कोरोना जो’खिमको आँकलन गर्न विभिन्न स्थानहरुमा नमूना संकलन तथा परीक्षणको व्यवस्था गर्ने निर्णय पनि सिसिएमसीको बैठकले गरेको छ।

भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिको पहिचान, परीक्षण गरी संक्र’मण देखिए होम आइसोलेसनमा बस्न अनुरोध गर्ने, सचेतनामुलक, प्रतिरोधात्मक एवं स्वास्थ्य प्रवर्द्धनात्मक उपाय अवलम्बन गर्न अभियान चलाउने निर्णय पनि बैठकले गरेको छ।

विभिन्न राजनीतिक दलका नगरस्तरीय प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत सहभागि बैठकले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडा’ईका साथ परिपालना गराउने निर्णय गरेको नगरप्रवक्ता सुरेन्द्र श्रीले  जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.