Thursday, January 27News That Matters

बालकोटबाट यस्तो खबर बाहिरिए लगत्तै सभामुख सापकोटाले भनेः ‘प्राण त्याग्न तयार छु’

1362 Shares

काठमाडौं पुस २५ –

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली विच भेटघाट भएकै दिन प्रतिनिधीसभाका सभामुख अग्नी सापकोटाले दिएको अभिव्यक्ती चर्चामा छ ।

ओली–देउवा भेटमा सभामुख अग्नी सापकोटालाई कुनै पनि हालतमा पदमुक्त गर्नु पर्ने कुरा बेजोड रुपमा उठको बताइन्छ । ठिक त्यसै बेला सभामुख सापकोटाले भने बरु आफ्नो प्राण त्याग्न तयार रहेको तर देश र जनताको विपक्षमा कुनै काम नगर्ने अभिव्यक्ति दिएका छन् ।

सभामुख सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। उनले पुनस्थापित सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने बताए।

उनले जनताले दिएको विश्वासलाई धोका नदिने पनि बताए। ‘तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु। राज्यका तीन अङ्गमध्ये एक अङ्गको प्रमुख बनाउनुभएको छ, तपाईँको यो विश्वास र भरोसालाई धोका दिने छैन,’ उनले भने।

सिन्धुपाल्चोक बलेफी गाउँपालिका–२ मा शनिबार भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य माधव सापकोटा, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो।

महिलाद्वारा सञ्चालित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारी जिल्लामै उदाहरणीय रहेको जनाउँदै अझ प्रगतिको कामना उपस्थित वक्ताले गरेका थिए।

साथै सभामुख सापकोटाले बलेफी –३ फुल्पिङ्कोटमा फुल्पिङ्कोट स्वास्थ्य चौकी भवनको शिलान्यास पनि गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.