Thursday, January 27News That Matters

उपत्यकाका सीडीओहरूको बैठक बस्दै, फेरि लकडाउन बारे निर्णय हुनसक्ने

1108 Shares

काठमाडौं पुस २५-

कोरोना सं’क्र’मण दर बढ्दै गएपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ। निय’न्त्रणको उपाय अपनाउने बारे छलफल गर्न काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्न लागेको हो।

आज दिउँसो बस्ने बैठकमा जो’खिम न्यूनीकरणबारे छलफल हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।

पछिल्ला केही दिनदेखि कोरोना भाइरसको स’ङ्क्र’मण दर बढ्दै गएको छ। काठमाडौं उपत्यका सङ्क्र’म’णबाट उच्च जो’खिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ। शनिबार काठमाडौंमा तीन सय ६२, ललितपुरमा ९४, भक्तपुरमा २५ जनामा संक्र’मण पुष्टि भएको छ।

यससँगै फेरि लकडाउन गरे एक वर्षअघि खुलेको विद्यालय पुनः बन्द हुने त्रा’स बढेको छ। भर्खरै फस्टाउन थालेको पर्यटन व्यवसायमा पनि अन्योलता छाएको छ।

भारतमा शनिबार मात्र १,४१,९८६ जनामा कोरोना देखिएको छ। छिमेकमा भया’वह रूपमा बढिरहेको सं’क्र’मणको असर नेपालमा पनि देखिन थालेको छ।

एक सातादेखि संक्र’मितको सङ्ख्या दैनिक उकालो लागिरहेको छ। अस्पतालहरूमा संक्र’मितको चाप बढ्न थालेको छ। खास गरी पश्चिमी नाका भएर भित्रिनेमा संक्र’मणदर धेरै देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.