Thursday, January 27News That Matters

राप्रपाका चार ठुला नेताहरु एमालेमा प्रवेश, ओलीले गरे एमालेमा भब्य स्वागत

1051 Shares

काठमाडौं, २४ पौष ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले  निष्काशन गरेका राप्रपा काभ्रेका अध्यक्ष टुल्कु लामालगायत नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार राप्रकाका जिल्ला अध्यक्ष टुल्कु लामा र पदाधिकारीलगायत जिल्ला नेतृत्व तथा अन्य पार्टी प’रित्या’ग गर्नेलाई एमालेमा प्रवेश गराएका हुन् ।

एमाले काभ्रेलाञ्चोकको १०औँ जिल्ला अधिवेशनलाई  धुलिखेलमा सम्बोधन गर्न पुगेका ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।  पार्टी हितविप’रीतको गतिविधि गरेको भन्दै लिङ्देनले केही दिनअघि लामासहित उपाध्यक्ष श्रीदास लामा, उपाध्यक्ष गंगामाया लामा र सचिव धनजित लामालाई कारबाहीको घोषणा गरेका थिए ।

सो कारबाहीको पूर्वअध्यक्ष कमल थापाले वि’रो’ध गरेका थिए । उनीहरु एमालेमा जान लागेको सूचना आएकालेनै राप्रपा काभ्रेकै अन्य नेताको सिफारिसमा निष्काशन गरिएको  राप्रपाका नेताहरुको भनाइ छ ।

एमाले जिल्ला अधिवेशन : नेतृत्व छान्न चौधरीको नेतृत्वमा अध्यक्ष मण्डल गठन

नेकपा एमालेको आठौँ जिल्ला अधिवेशन खुल्लासत्र सकिएपछि सर्बसम्मत नेतृत्व चयनका लागि प्रयास सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्षका आकांक्षी धेरै भएकाले सर्वसम्मत नेतृत्व चयनको प्रयास भएको हो ।

सर्वसहमत नेतृत्व चयनका लागि पार्टी पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज मन्जुकुमारी चौधरीको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको छ । होटल टाउन हलको सभाकक्षमा सम्पन्न खुल्ला सत्रमा स्थायी समिति सदस्य राजेन्द्र गौतमदेखि पोलिटब्यूरो सदस्य चौधरी, केन्द्रीय सदस्य अम्बिका थापा, प्रदेश सदस्यहरू, पूर्व अध्यक्षहरूलगायतले सर्वसम्मत नेतृत्व चयन गर्नु पर्ने भनाइ राखेका थिए ।

सबैको चाहना र भावना अनुरुप नेतृत्व सर्वसम्मत चयन गर्न सहमति खोज्ने गरी अध्यक्ष मण्डल गठन गरी अधिवेशन जारी राखेको छ । अध्यक्ष मण्डलमा केन्द्रीय सदस्य अम्बिका थापा, अघिल्लो अधिवेशनमा अध्यक्षका पराजित उम्मेदवार दुर्गाकुमार थापालगायत नौ सदस्य रहेको पार्टी अध्यक्ष इश्वरमणि राउतले जानकारी दिए ।

अघिवेशन सुरु हुनुअघि नै अध्यक्षका लागि वर्तमान सचिव प्रमेश्वर घिमिरे, सचिवालय सदस्यहरू कुशलबाबु बस्नेत, खड्गबहादुर परियार र कालु लामाले उम्मेदवारी घोषणा गरेका थिए । वर्तमान अध्यक्ष इश्वरमणि राउत, उपाध्यक्ष विमल कार्की, गोपाल खत्री, दुर्गाकुमार थापा पनि अध्यक्षका दावेदार हुन् । राउत, खत्री, थापा, कार्की सर्वसम्मतकै पक्षमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.