Thursday, January 27News That Matters

गम्भीर खुलासा: बालिकालाई सुईमार्फत् वयस्क बनाएर देहव्यापार

1958 Shares

नेपालमा हराएका बालिकालाई भारत पु-याएर दे’हव्या’पारमा लगाउने गरेको खुलेको छ ।

‘बेचबि’खनमा पर्ने साना बालिकाको यौ’ना’ङ्ग र अन्य अ’ङ्ग विकास गराई व’यस्क देखाउन सुई लगाउने गरेको अनु’सन्धा’नबाट खुलेको छ ।

‘विभिन्न प्रलोभनमा पारेर तथा झु’क्याएर बे’होस बनाई भारतका कोठीमा बेचिएका अधिकांश बालिकालाई सुईमार्फत अङ्गहरूको विकास गराइएका अधिकांश बालिका पछि दीर्घ रोगी भई मृ’त्यु हुने गरेको छ ।

कोठीबाट उ’द्धार गरिएका बालिका तथा महिलाको शरीर आकर्षक देखाउन कोठी सञ्चालकले विभिन्न औषधि तथा सुई लगाउने गरेको उ’जुरीका क्रममा बताउने गरेका छन् ।

२०७४ साउनमा काठमाडौँको कपनबाट हराएका ११ र १३ वर्षका दुई बालिका दिदीबहिनीलाई भारत पु-याइएको थियो । चार वर्षअघि हरा’एका ११ वर्षकी टिना तामाङ र १३ वर्षकी रिना तामाङ (नाम परिवर्तन)लाई सुईबाट वयस्क बनाई दे’हव्या’पारमा लगाइएको खुलेको हो ।

नेपाल प्रहरी अस्पतालका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले ग्रोथ हर्मोन र एस्ट्रोजोन हर्मोनले महिलाको शारीरिक विकास छिटो हुने बताइन् ।

उनले यस्ता हर्मोनयुक्त सुई वा औषधिको ग’लत प्रयोग बे’चबिख’नमा पर्ने महिला र बालिकामा हुने गरेको पाइएको बताइन् ।कक्षा चार र पाँचमा पढ्दै गरेका उनीहरूलाई एक महिलाले खानामा बे’होस हुने औषधि राखेर कलकत्ता पु-याएकी थिइन् ।

उद्धा’रपछि नेपाल ल्याइएकी टिनाले प्रहरीसँगको ब’यानमा बे’होस अवस्थामै कलकत्ता पु-याएको बताइन् ।

बे’होसमा सँगै भारत पुर्‍याइएकी टिनाकी १३ वर्षकी दिदी रिनाको अवस्था भने अहिले पनि अज्ञात छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published.