Thursday, January 27News That Matters

देउवाको रवाफले कांग्रेसमा तिव्र विवाद,शेखरको प्रश्न अब कांग्रेसमै किन बस्ने ?

1242 Shares

काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनलगत्तै सभापतिसँग भागबन्डा नमाग्ने घोषणा गरेका निकटतम् प्रत्यासी शेखर कोइरालाले बुधबार काठमाडौंमा पहिलो गुट भेला गरेका छन् ।

कोइरालाले बोलाएको यो भेलामा यसअघिको पौडेल समूहका नेता रामचन्द्र पौडेल, शशांक कोइराला र प्रकाशमान सिंहबाहेक सबैजसो नेताहरू सहभागी भए । पार्टीमा उनको नेतृत्वमा भएको यो नै सबैभन्दा ठूलो रणनीतिक भेला हो ।

पार्टीमा यसअघि केन्द्रीय सदस्यमात्रै भएका कोइराला एकैपटक सभापतिका प्रत्यासी थिए । त्यहीकारण उमेरले हारीहारी भए पनि देउवाले कोइरालालाई पार्टीभित्र ‘जुनियर’ ठानेका छन् । सभापतिमा दोस्रो कार्यकालका लागि पदस्थापन गर्दै गर्दा सबैको साझा सभापति बन्ने घोषणा गरेका देउवाले दुई वटा केन्द्रीय समिति बैठक र केही महत्वपूर्ण निर्णयहरू हुँदासम्म ४० प्रतिशत मतसहित परा’जित कोइरालासँग सामान्य छलफलसमेत गरेका छैनन् ।

देउवाले पेलेर अघि बढ्ने बुझेपछि कोइरालाले महाधिवेशनको दुई साता नबित्दै गुटको भेलामार्फत चुनौतीको भाषा बोलेका छन् । बुधबार गुट भेलाको सुरूमै कोइरालाले लिखित सम्बोधन गरेका थिए, जहाँ कोइरालाले देउवामाथि प्रश्नमात्रै गरेका छैनन्, सभापतिले निर्णय प्रक्रिया नसच्याए पार्टीमा दुर्घ’टना हुन सक्ने सम्मको चुनौती दिएका छन् ।

कोइरालाले मुख्य गरी पार्टीको निर्णय प्रक्रिया, न्यायोचित र विधिसम्मत रुपमा अवसरको वितरण र व्यवस्थापनका विषयमा प्रश्न उठाएका छन् । उनले यस्ता विषयमाथि सभापतिले ध्यान नपुर्‍याए पार्टीभित्र नेता कार्यकर्तामाझ आखिर कांग्रेसमै किन बस्ने भन्ने प्रश्न उठ्ने र त्यसले विभाजनको अवस्था ल्याउन सक्नेसम्मको संकेत गरेका छन् ।

‘महाधिवेशन भर्खरै सम्पन्न भएको छ, अहिले पार्टी संगठनभित्र कटुता, विभाजन र असहयोगी भावना हामी कसैमा पनि आउनु हुँदैन, तर यति भनिरहँदा पार्टीमा काम गर्ने निष्ठावान, इमान्दार, त्या’गी र सक्षम नेता कार्यकर्ताहरुलाई नियोजित किसिमले पाखा लगाउने कामविरु’द्ध हामीले डटेर आवाज उठाउनुपर्छ ।

हामी लोकतन्त्रवादीहरु राजनीतिक खेल एउटा नियम संगतरुपमा अगाडि बढोस् भन्ने चाहन्छौँ, सबै कांग्रेसजन एउटै परिवारका सदस्य हौं, भन्ने भावना नेतृत्वबाट निर्णय गर्दा देखिनु पर्छ,’ कोइरालाले अघि भनेका छन्, ‘पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ ।’

नेता कोइरालाले सभापतिले केन्द्रीय सदस्य मनोनीत गर्दा त्यसको मापदण्डका विषयमा प्रश्न उठेको बताए । ‘पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नु भएको छ, नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ । तर के ‘मापदण्ड’ अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो ? हामी जान्न चाहन्छौं,’ उनले प्रश्न गरेका छन् ।

कोइरालाले सभापतिले मन पराए वा मन नपराएको अवस्थामा हुने छनौटले पार्टीलाई दुर्घ’टनामा धकेल्ने बताएका छन् । ‘सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घ’टना हुन सक्छ, विधि र विधानबाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने ?,’ उनले प्रश्न गरेका छन् ।

कोइरालाले आफूहरू पार्टीभित्र हुने सबै कार्यहरू न्यायसंगत, विधि र विधानसंगत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गरियोस् भन्ने पक्षमा रहेको बताए ।

यसअघि पार्टीमा पदाधिकारीसम्म पनि नभएका कोइराला १३ औं महाधिवेशनपछि पार्टीभित्र नेताहरूको वरीयतामा ३५ औँ नम्बरमा थिए । १४ औं महाधिवेशनमा ‘नेतृत्वमा पुस्तान्तरण’ को मुद्दा लिएर अघि बढेका कोइराला सभापतिको उम्मेदवार बन्दै गर्दा दोस्रो पुस्ताका प्रभावशाली नेताहरू उनीसँग उभिए, तर उनकै भाइ कोइराला, नेता पौडेल र सिंहहरू उनीसँग रहेनन् ।

कोइरालाले आफ्नो परा’जयको कारण आफ्नै परिवारका सदस्यहरू भएको बताउँदै आएका छन् । तर, यथार्थमा गुटभित्र वरीयतामा ‘जुनियर’ भएकै कारण कोइराला आफ्नो समूहको साझा उम्मेदवार बन्न सकेनन् । सभापतिमा परा’जित भए पनि देउवाले उनलाई केन्द्रीय सदस्यकै वरीयतामा राखेका छन् ।

कांग्रेसमा विगतमा सभापतिमा परा’जित निकटम प्रतिद्व’न्द्वीलाई सभापतिपछि दोस्रो वरीयतामा राख्ने चलन थियो । देउवाले महाधिवेशनमा उम्मेदवार नै नरहेका रामचन्द्र पौडेललाई दोस्रो वरीयतामा राखेका छन् भने कोइराला पदाधिकारी र पूर्वपदाधिकारीभन्दा तल परेका छन् । देउवाले कोइरालालाई पार्टीमा निर्णायक भूमिका नदिने संकेत गरेका छन् ।

महाधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएर दुई वटा बैठक गरेका देउवाले आफूसँग परा’जित कोइरालासँग कुनै छलफल गरेका छैनन् जबकि राष्ट्रिय सभा सदस्य निर्वाचनमा टिकट बाँड्नेदेखि मन्त्री बनाउनेसम्मका निर्णय पार्टीले गरिसकेको छ ।

देउवाले आफ्नो र अन्य विभिन्न समूहबाट महाधिवेशनमा परा’जित १३ जना नेताहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेका छन् । तर, कोइराला समूहका कोही पनि मनोनीत भएका छैनन् । त्यही कारण कोइरालाले देउवाले कार्यशैली र निर्णय प्रक्रियामा बदलाव नल्याए पार्टीमा दुर्घ’टना हुन सक्ने बताएका छन् ।कान्तिपुर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.