Thursday, January 27News That Matters

राजनितिक दलहरु असक्षम हुदाँ यसरी बढ्दैछ नेपाल नै नरहने खतरा

1706 Shares

विगत धेरै वर्षदेखि स्थानीय चुनाव भएको थिएन । स्थानीय चुनाव धेरै वर्षसम्म स्थगित हुदाँ गाविस सचिवले सम्पुर्ण कामकाज र जिम्मेवारी सम्हाल्ने गरेका थिए । गाविसको सचिवबाट काम गराउदा सरकारी जग्गा सबै व्यक्तिको नाममा नामसारी भएको थियो । साथै, गाविस सचिवले काम गर्न सकेनन् भनेर सर्वसाधारणहरुले निकै गुनासो गरिरहेका थिए ।

यसलाई मध्यनजर गर्दै २०७४ सालमा स्थानीय चुनाव गरियो । चुनावसं जनताको धेरै आश थियो । सिंहदरबारभित्र बन्देज रहेको नेपाली नागरिकको अधिकार ढोकाढोकामा आँउछ भनेर सर्वसर्वसाधारणहरु निकै हर्षित भए । यसका लागि उनीहरुले विभिन्न मितिमा आन्दोलन समेत गरेको पाइन्छ ।

मुलुकमा संविधान बन्यो । गरिब जनताले सुःखको दिन आउला, देशको विकास हुन्छ । भ्र’ष्ट्राचार न्युनिकरण हुन्छ, घरघरमा सरकारी सेवाको पहुच पुग्छ भनेर धेरैले सपना पनि देखिसकेको थिए । राजनितिक पार्टीहरुले अब मुलुकमा विकासको मुल फुटाउछन् । नेपाल पनि सिंगापुर जस्तै बन्छ भनेर धेरैले सोचिसकेका थिए ।
२०६२।६३ सालमा सर्वसाधारणहरु राजतन्त्रको वि’रो’ध गर्दै सडकमा उत्रिए र राजतन्त्र हटाए । राजा हटाउनुको पछाडि पनि कुनै कारण थियो । राजाले कर ह’त्याए तर विकास गरेनन् भनेर राजा र राजतन्त्र दुवैलाई हटाइयो । राजा हटाइयो अब उनले खाने र सेवासुविधाबाट देशविकास हुन्छ भनेर जनताले निकै आश गरेका थिए ।

हम्रो जीविकास्तरमा केही परिवर्तन आउला भनेर सपना बुनिरहेका थियौ । तर, अहिले ठ्या’क्कै त्यसको उल्टो भो । जनताले सोचेको केही पनि पुरा हुन सकेन् । पहिलेभन्दा अहिले झन् धेरै सेवासुविधा र तलबभत्तामा खर्च भइरहेको छ । एउटा सानो सरकारी कर्मचारीदेखि लिएर प्रधानमन्त्रीलाई समेत करोडौको सरकारी गाडी चाहिएको छ ।
वडाध्यक्ष, मेयर, सांसद, मन्त्री, प्रधानमन्त्रीको तलबभत्ता र सेवासुविधामा जनताले तिरेको सिद्धिएको छ । केही वर्षयता नेपाललाई सात प्रदेशमा छुट्याइएको छ । सात प्रदेश छुट्याउदा खर्च झनै धेरै बढेको छ । एउटा प्रदेशमा कति मन्त्री होलान् ? दिन त जनताले तिरेकै करबाट तलब र सेवासुविधा दिने हो ।
सेवासुविधा र तलबले नपुगेर यिनीहरु भ्रष्ट्राचारीतामा समेत हाबी छन् । यिनीहरुकै कारण बजारमा मँहगप्ले सीमा नाघिसकेको छ । हामी जस्ताहरु बाच्न नसक्ने भइसकेका छौ । नेपाली जनताले तिरेको कर वालुवामा पानी मिसाए सरह छ । राजस्व सबै सेवासुविधा र तलबभत्ता गर्दै मासिरहेको छ ।

पहिलेपहिले अलिक कम खर्च हुन्थ्यो भने मन्त्रालय र मन्त्री थपेपछि झनै बढी खर्च हुन थालेको छ । काम भने केही गर्ने होइनन ् । जनप्रतिनिधि र वडाध्यक्षलाई समेत तलब खुवाउन परेको छ । जसले जंगलमा भएका रुख काटेर काठ बनाए । जंगलमा भएको माटोसमेत बेचेर खाए ।

नदीनालामा भएको गिट्टी, ढुगां, माटो निकालेर सबै तहसनहस बनाइदिए । कमिशनको लोभमा वडाध्यक्ष र जनप्रतिनिधि मिलेर सरकारी सम्पत्ति दोहन गरे । अहिलेका वडाध्यक्ष र मेयर सबै दलाली हुन् । यिनीहरुको पृष्ठभुमि केलाउने हो भने कुनै क्रसर उधोगी हुन् । कुनै जग्गा दलाली ।

यस्तै काम गरेर पैसा कमाए । पैसाको आडमा पार्टीले टिकट पनि दियो । चुनाव ल’डे, जनप्रतिनिधि बने, भएका सरकारी सम्पत्ति सबै बेचेर खाइदिए । राजनितिक दलहरुले पनि आफ्नो पार्टी बलियो बनाउनको लागि गुण्डाहरुलाई पनि पार्टीमा भित्रायो । पैसाको आडमा गुण्डाहरुले समेत पार्टीको टिकट पाएको देखिन्छ ।
हरेक पार्टीले गुण्डाहरुलाई आफ्नो पार्टीमा भित्राउने र उनीहरुकै सहायतामा आफु सत्तामा आउने । नेपालका अधिकांश पार्टी विचाराधीन र सिद्धान्तयुक्त नभई बल केन्द्रित छ । अहिले भएका अधिकांश वडाध्यक्षदेखि मन्त्रीसमेत गुण्डाका नाइकेहरु हुन् । कांग्रेसको युवा नेता मानिने गोगन थापा पनि पहिले गु’ण्डा ना’इके नै हुन् ।

हालै मात्र सकिएको कांग्रेसको महाधिवेशनमा पढेकालेखेकाले चुनाव हा’रे । तर, गणेश लामा जस्तो खनखुर गुण्डाले चुनाव जिते । अब कांग्रेस पार्टीले जनता र राष्ट्रको लागि केही विकास गर्ला भनेर नसोच्दा पनि हुन्छ । किन कि राम्रो नेता सबैले कांग्रेसबाट हात धोइसकेका छन् । बाँकी सबै गु’ण्डा ना’इके मात्रै छन् ।

एमाले र अन्य पार्टीमा पनि गु’ण्डाहरुको कब्जा छ । अधिकांश पार्टीले आफ्नो पार्टी शक्तिशाली देखाउन गु’ण्डा पालेका छन् । यस्ता पार्टीले पनि देशका लागि केही गर्न सक्ला ? यिनीहरुबाट मुलुकका सर्वसाधारणले सेवासुविधाको आशा गर्न सक्लान् ? एमालेको अध्यक्ष केपी ओली पनि गु’ण्डा पालेरै अध्यक्ष बनेका हुन् ।

ओलीको नजिकको पात्र महेश बस्नेत जसले उनलाई शश्तिशाली तुल्याइदियो । उनी पनि गु’ण्डा नै हुन् । राजनितिक गर्न सक्ने क्षमता नभएका कसरी सत्तामा आए ? जनताले यसको जवाफ खोजिसकेका छन् । हाम्रो मुलुकमा अधिकांश नपढेका, अनपढ नेताहरु छन् । जोसंग सर्वसाधारणको आवश्यकता नियाल्ने क्षमता समेत छैन् ।
हुदो न खाँदोको भाषण ठो’केर, नेपाली जनतालाई अध्यारोमा राखेर कतिञ्जेल सत्तामा टिक्ने ? कतिञ्जेल हाम्रो आँखामा धुलो झोकिरहने ? २०६४ सालको चुनावमा सबै जिल्लाका नागरिकहरुले माओवादीलाई अत्याधिक मत दिए । जसले माओवादीलाई शीर्ष स्थान दिल्याइदियो ।

कांग्रेस र एमाले त्यतिखेर नै टाट पल्टिसकेका थिए । माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई जनताले त्यत्रो मत दिएर शीर्ष स्थानमा पुप्याइदियो । तर, माओवादी पनि जनताको विश्वास र अपेक्षामा खडा हुन सकेन् । चुनाव हारेको माधव नेपाललाई प्रचण्डले प्रधानमन्त्री घो’ष’णा गरिदिए ।

शेरबहादुर देउवा, झलनाथ खनाल, माधव नेपाल र केपी ओलीको इसारा प्रचण्ड नाचेका थिए । प्रचण्डलाई उनीहरुले कठ्पुतली बनाइदिएको थिए । यी नेताको कठ्पुतली बन्दा माओवादी घर न घा’टको बन्यो । तर, जनताको आँखामा बिझ्ने एमाले र कांग्रेस फेरि पनि व्युतियो ।

सबै राजनितिक पाटीहरुको इतिहास हेर्ने हो भने यिनीहरुले देश र जनताको लागि केही गर्न सकेका छैनन् । अहिले जति पनि राजनितक पार्टी निर्वाचन आयोगमा दर्ता भएका छन् यीबाट जनताले कुनै अपेक्षा नराख्दा नै उचित हुन्छ । देश विकास र अहिलेको आवश्यकलाई नियाल्ने क्षमता यिनीहरुसंग छैन् ।
निर्वाचन आयोगमा दर्ता भएका छन् तर चाबी भने भारत र चीन सरकारको हातमा छ । नेपालमा भएका राजनितिक दलले भारत र चीन सरकारको वि’रो’ध गर्ने हो भने यिनीहरुलाई भारत र चीन सरकारले सत्तामा टेक्न दिदैनन् । अरुको नाकनक्सामा चलेको मुलुक र राजनितिक दलले केही गर्न सक्दैनन् ।

सिधासाधी जनतालाई आश्वासन दिलाएर, त्यही जनताको प्रयोग गरेर गुण, क्षमता नभएका व्यक्तिहरु नेता बनेका छन् । आफ्नो खुट्टा त अरुले टेकिदिएको व्यक्तिलाई हामीले नेता बनाइदियौ । विधार्थी संगठनको नेता बनेर, अरुको छोराछोरीलाई उचालेर, पढ्न छोड्न नलगाएर यिनीहरु राजनितिक दल बनेका हुन् । ललाईफकाइ र मिठो आश्वासनको भरमा हामीले सोच्दैनसोची भोट दिइरहेका छौ ।

सम्बन्धित निकायले यिनीहरुको सम्पत्ति छानबिन गर्ने हो भने राजनितिक दलले भ्रष्ट्राचार गरेको सबै निस्किन्छ । भ्र’ष्ट्राचार गरेर तीन पुस्तालाई जोडेको सबै सम्पत्ति राष्ट्रियकरण हुन्छ । सबै भ्र’ष्ट्राचारी नेताहरु जेल जान्छन् । मुलुकमा राजनिति गर्ने एक जना पनि बाँकी रहदैन् ।

२०४६ सालअघि एउटा कोठा भाँडा तिर्न नसक्ने नेताहरुको आज रोपनीमा घर बनेको छ । घर त रोपनीमा छ तर बैंकव्यालेन्स कति होला । नेपालमा भ्याएर विदेशी बैंकमा लगेर कति रकम राखेको होलान् । हामी नेपाली भुमिमा जन्मयौ । तर, नेपाली होइन्, कार्यकर्ता बन्यौ ।

नागरिकतामा नेपाली भनेर लेखियो, जिम्मेवारी कार्यकर्ताको सम्हाल्यौ । आफ्नो पार्टीको वि’रो’धमा बोल्न सिकेनौ । नेपाली भएर नेपालको बारेमा नसोच्ने नेपाली होइनन् । कुनै पार्टीको कार्यकर्ता बन्ने र नेपालको बारेमा नसोच्ने हो भने ती व्यक्तिहरु नेपालीमा गनिनु हुदैन् ।
आफै कार्यकर्ता बनेका छौ, राजनितिक दलको छानबिन गर्न पहल कसले गर्ने ? सरकारमा यही भ्र’ष्ट्राचारी राजनितिक दल बसेका छन् । आफ्नो सम्पत्ति छानबिन गर भन्दैन् । राजनितिक दलको वि’रो’धमा जनता सडकमा उत्रिदैनन् । किन कि सबैलाई दुःख र भोको पेटमा पटुका बाँधेर हिड्ने बानी बसिसकेको छ ।

अख्तियार एक हजार घुस खाने सरकारी कर्मचारीलाई समात्छ । तर, करोडौको भ्ष्ट्रा’चार गर्नेलाई अख्तियारले केही गर्न सकेको छैन् । हामी नेपालीको सम्पत्ति दुई आनामा घर छ । अरु सबै बाटोले खाइसकेको छ । खेतीयोग्य जमिनमा डोजर चलाएर टुक्राटुक्रा बनाएर तहसनहस बनाउने पनि यी राजनितिक दल नै हुन् ।

राजनितिक दलहरुको लोभी भावनाले गर्दा नेपाल नै सिद्धिसकेको छ । भएको पनि कतिपय भारत र चीनको हाता भित्र छ । तर, त्यो जमिन कसले फिर्ता ल्याउने ? यिनीहरुलाई मतलब छैन्, भ्र’ष्ट्राचार गर्न पाए भइहाल्यो । अझ पनि बुद्धि नपुप्याउने हो भने भएको पनि चीन र भारतले नै लान्छ । यस विषयमा पहिले नै सोचविचार गरौं । नेपालका राजनितिक दलसंग दिमाग नहुदा नेपालीहरुको जीवनस्तर झनै खस्किदै गएको छ । हाम्रो पुर्खाहरुले सिर्जना गरेको नेपाल, व्यापार व्यवसाय, कलकारखाना सबै सिद्धियो । यस्तै पाराले नेपाल कस्तो हुने हो त्यसको कल्पना अहिलेबाट नै गर्न आवश्यक देखिएको छ । नेताहरु असक्षम हुदापनि यस्तो भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published.