Thursday, January 27News That Matters

रुपन्देहीमा जनमत पार्टीकाे दिनहुँ प्रदर्शन

1546 Shares

बुटवल, २० पुस

सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देहीमा दिनहुँ प्रदर्शन गर्न थालेको छ । विभिन्न माग राख्दै सो पार्टीले सडक बन्ददेखि प्रदर्शन गर्दै आएको छ ।

एक सातादेखि प्रदर्शन गर्दै आएको सो पार्टीले माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएको छ । किसान आ’न्दोलन संघर्ष समितिको नाममा जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गर्दै  आएका हुन् ।

प्रदर्शन गर्दै सडक ब’न्द गराउँदा प्रहरीले गत आइतबार सो पार्टीका १२ जना नेता तथा कार्यकर्तालाई प’क्रा’उ गरेको थियो । उनीहरुले भैरहवा–लुम्बिनी सडक खण्ड र भैरहवा–परासी सडक खण्ड अ’वरु’द्ध पारेपछि प्रहरीले प’क्रा’उ गरेको थियो ।

जनमत पार्टीका कार्यकर्ताले खासगरी रुपन्देहीको बनगाइ र धकधईमा सडक अ’वरु’द्ध गर्दै आएका छन् । विगत एक सातादेखि सडक अ’वरु’द्ध गर्दै आएका जनमत पार्टीका कार्यकर्ता लाठी–भाटा बोकेर प्रदर्शनमा उत्रिने गरेका छन् ।

आइतबार भैरहवा–लुम्बिनी सडकखण्डअन्तर्गत बनगाई चोकमा चक्काजाम गर्न आएका कार्यकर्तालाई प्रहरीले हटाएपछि उनीहरुले भैरहवा परासी खण्डको धकधही चोकमा च’क्काजाम गरेका थिए ।

जनमत पार्टीले किसानमाथिको दमन ब’न्द गर्नुपर्ने, किसान र आ’न्दोलनकारीमाथि लगाइएका झु’टा मु’द्दा फिर्ता गर्नुपर्ने, समयमा मलखाद र बीउविजनको व्यवस्था, सिँचाइको व्यवस्था, सि‌ंचाइको बिजुली निःशुल्क, हावाहुरी र वर्षाले भएको बालीनाली क्षतिबापत त’त्काल राहत, किसानको समस्या समाधानका लागि मन्त्रिस्तरीय वार्ता समिति गठन गर्नुपर्ने लगायतका माग राखेर आ’न्दोलन गर्दै आएको छ ।

रुपन्देही प्रहरी प्रमुख एसपी मनोज केसीले आन्दोलनका क्रममा सडक अ’वरो’ध गराएका १२ जना पार्टीका नेताकार्यकतालाई प’क्रा’उ गरिएको जानकारी दिए । च’क्काजाम नगर्न आग्रह गर्दा नमानेपछि सामान्य बल प्रयोग गरेर सडकको अ’वरोध हटाएको र उनीहरुलाई नियन्त्रणमा लिइएको केसीले बताए ।

प’क्राउ पर्नेमा पार्टीको रुपन्देही उपाध्यक्ष शम्भुप्रसाद यादव, कार्यकारी सदस्य विजय यादव, जिल्ला सदस्य सुदीप चौधरी, रोहिणी पार्टी कमिटी अध्यक्ष, विष्णु चौधरी, राजकुमार कोइरी, प्रमोद गुप्ता, हिरामन हरिजन, राजेन्द्र यादव, धर्मेन्द्र यादव, सुनिल गुप्ता, राजप्रसाद मुराउ, भरतकुमार यादव छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए ।

जनमत पार्टीका केन्द्रीय सचिव भूपेन्द्रप्रसाद यादवल किसानको समस्या राखेर शान्तिपूर्ण आ’न्दोलन गर्दा सरकारले बल प्रयोग गरेको आ’रो’प लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.