Thursday, January 27News That Matters

प्यूठानमा कांग्रेस र माओवादीका नेता तथा कार्यकर्ता ठूलो संख्यामा एमालेमा प्रवेश,सूर्य थापाले गरे भव्य स्वागत

1173 Shares

प्यूठान ।

प्यूठानको सरूमारानीमा कांग्रेस र माओवादीका १२९ जना एमाले प्रवेश गरेका छन् ।

आइतबार सरूमारानी गाउँपालिका-६ किमिचौर, प्यूठानमा आयोजित पार्टी प्रवेश तथा वडा जनसभा कार्यक्रममा पाङकोट,

पाङवाङ, रज्जे, गोद्धारा, जुकेपानीलगायत गाउँबाट १२९ जना माओवादी केन्द्र र एक जना नेपाली काँङग्रेसका कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

नव प्रवेसीहरुलाई एमालेका स्थायी कमिटी सदस्य मणिचन्द्र थापा, पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज सूर्य थापा,

केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज हरि रिजाल र पार्टी जिल्ला अध्यक्ष तुल्सीराम शर्माले स्वागत गर्नुभएको थियो ।

एमाले प्रति जनताको आकर्षण बढ्दै गएको र सिंगो जिल्लाभरमै प्रवेशको कार्यक्रमलाई तिब्रता दिईने योजना रहेको पोलिटव्युरो सदस्य सूर्य थापाले बताएका छन् ।

एमालेको देशव्यापी पार्टी प्रवेशको कार्यक्रम चलिरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.