Thursday, January 27News That Matters

अरुले लिदाँ चर्को विरोध गर्ने मन्त्री झाँक्री आफै ‘पिर्के सलामी’ पटकाउँदै : सामाजिक सञ्जालमा भाइरल

1186 Shares

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीले ‘पिर्के सलामी’ लिएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि यसको व्यापक आलो’चना भएको छ ।

मन्त्री झाँक्रीले गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा ‘पिर्के सलामी’ लिएकी थिइन् ।

जुन उनकै गाउँमा पर्ने र मन्त्री झाँक्रीकै पहलमा उक्त प्रहरी कार्यालय स्थापना गरिएको हो । तर उक्त तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको चर्को आलो’चना हुनपुग्यो ।

सामाजिक सञ्जाल प्रयोगकर्ता राजकुमार राईले झाँक्रीले लिएको सलामीको तस्वीर राख्दै ‘गफ गर्न धेरै सजिलो हजुर’ भनेर व्य’ङ्ग्य गरेका छन् ।

त्यसैगरी सामाजिक सञ्जाल प्रयोगकर्ता सुजन खनालले ‘पिर्के सलामीको वि’रोध गर्दागर्दै गुल्मीको पुर्कोट दहमा रहेको एक प्रहरी कार्यालय पुगेर पिर्के सलामी खान पुग्नुभएछ झाँक्री जी !’ भनेर व्यङ्ग्य गरेका छन् ।

त्यसैगरी ओम कौडिल्यले ‘हाम्री दिदीले पनि पिर्के सलामी खान थाल्नुभएछ लु बधाई’ भनेका छन् । झाँक्रीले विगतमा त्यस्तो सलामीको बि’रोध गर्ने गरेकी थिइन् ।

उनले सामाजिक सञ्जालमा आलो’चना हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि कार्यक्रममा सहभागी भएको जनाइन् ।  ‘कि मैले त्यो कार्यक्रम र’द्द गर्नुपर्ने कि, लिनुपर्ने अवस्था थियो ।

भावनात्मक हिसाबले मैले मेरै गाउँको कार्यक्रम भएकाले र मेरै पहलमा चौकी स्थापना समेत भएकाले कार्यक्रम र’द्द गर्न र कसैलाई नमिठो बनाउन चाहिन । आलो’चना हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि मैले त्यो बाटो रोजे’, मन्त्री झाँक्रीले बताइन् ।

पिर्के सलामी लिने मन्त्री झाँक्री पहिलो भने होइनन् । यसअघि प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीहरूले पनि पिर्के सलामी लिएका तस्वीरहरू सार्वजनिक हुँदै आएका छन् ।रातोपाटी बाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.