Thursday, January 27News That Matters

प्रहरीले किन बोल्छन् नराम्रा शब्द? यस्तो रहेछ कारण

2158 Shares

नेपाल प्रहरी सङ्गठनभित्र ‘नम्र बोली, भद्र भाषा, शालीन व्यवहार र शु’द्ध आचरण’ जस्ता नारा ‘एकादेशको फल आँखातरी म र’ जस्तै भएको छ । त्यो नहोस् भनेर प्रहरी कर्मचारीको आ’चरण सुधार तथा बोली व्य’वहार परिवर्तनका लागि नेतृत्व तहबाट पटक पटक निर्देशन जारी हुने गरेको छ ।

प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत निरीक्षणालय (उजुरी छानबिन एकाइ) मा प्रहरी कर्मचारीको बोली व्य’वहार, आ’चरण र क्रियाकलापसँग सम्बन्धित दैनिक १० वटासम्म उजुरी पर्ने गर्छन् । उजुरीको यो सङ्ख्याले नै प्रहरीको भाषामा समस्या छ भन्ने देखाउँछ ।

त्यस्ता उ’जुरीको निरीक्षणालय प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अनुराग द्वि’वे’दीको नेतृत्वमा रहेको टोलीले स्थलगत छा’नबिन तथा अनुस’न्धान गरी सख्त चे’तावनीदेखि निलम्बनसमेत गर्ने गरेको बताइएको छ तर पनि समस्या ज्यूँका त्यूँ छ ।

यसै भएर गृहमन्त्री बालकृष्ण खाणले गत कात्तिक ५ गते प्रहरी सङ्गठनभित्र सम्मानार्थी भाषा प्रयोग गर्न निर्देशन दिनुभएको थियो तर प्रहरी सङ्गठनभित्र मात्र होइन प्रहरीले आम नागरिकका लागि प्रयोग गर्ने बोली पनि सम्मानपूर्ण हुँदैन ।

त्यस्ता निर्देशनले धेरैजसो हाकिम (उच्च अधिकृत)लाई नछुने भएकाले नै यस्तो स’मस्या देखिएको चर्चा प्रहरी सङ्गठनभित्रै हुने गर्दछ । सुर’क्षा निकायको ‘चेन अफ क मा न्ड’ अनुसार, ‘सुधार र परिवर्तन’ नेतृत्व तह (माथि) बाट सुरु हुनुपर्छ तर यस्ता निर्देशन तल्लो तहका कर्मचारीलाई बढी लक्षित हुने भएकाले प्रभावकारी हुन नसकेको हो ।

प्रहरी सङ्गठनभित्र माथिल्लो तहका अधिकृत कर्मचारीले तल्लो तहका कर्मचारीलाई गर्ने बो’ली व्य’वहार परिवर्तन गरी ‘तँ’ र ‘तिमी’ जस्ता शब्द प्रयोग नगर्न नगराउन गृह मन्त्रालयले पनि निर्देशन दिएको छ तर त्यसको जानकारी नै त’ल्लो तहमा पुग्दैन ।

“यतिसम्म हुन्छ कि आ’चरण सुधार र बोली व्य’वहार परिवर्तनसम्बन्धी निर्देशन केन्द्रबाट पटक पटक जा’री हुन्छन् तर तल्लो तहका कर्मचारीलाई भने त्यसको जानकारी नै हुँदैन” प्रदेश प्रहरी तालिम केन्द्रका एक सुवेदार मेजर (प्रहरी नायब निरीक्षक) ले भन्नुभयो– “हामीले पनि पत्रपत्रिका पढेर थाहा पाउने हो ।”

सुवेदार मेजर कार्यालय सहयोगीदेखि जुनियर प्रहरी अधिकृत प्रहरी नायब निरीक्षक (सई) सम्मका प्रहरी कर्मचारीको ‘क’मान्डर’ हो । नाम उल्लेख नगर्ने सर्तमा उहाँले थप्नुभयो– आ’चरण सुधार र बोली व्य’वहार परिवर्तन तल्लो तहभन्दा हाकिमबाट सुरु गर्नुपर्छ  भन्दै देवबहादुर कुँवरले लेखेको समाचार गोरखापत्र दैनिकमा छ । प्रतीकात्मक तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
2
+1
0
+1
1

Leave a Reply

Your email address will not be published.