Thursday, January 27News That Matters

निर्मला ह’त्याका’ण्ड : शंकास्पद एकजना भारतीय नागरिक पक्राउ

1996 Shares

कञ्चनपुरकी निर्मला पन्तको ह’त्या आरोपमा प्रहरीले एकजना शंकास्पद भारतिय नागरिकलाई प’क्रा’उ गरेर नेपाल ल्याएको छ । १० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको ब’ला’त्का’रपछि ह’त्या भ’ए’को थियो ।

१३ बर्षीया निर्मलाको ह’त्यामा सं’ल’ग्न र’हे’को आशंकामा प्रहरीले भारतिय नागरिक निकार अलीलाई प’क्रा’उ गरेको छ ।

१५ दिनअघि उनलाई प’क्रा’उ गरेपनि डिएनए रिपोर्ट आउन बाँकी रहेकाले प्रहरीले गोप्य राखेको छ । शंकास्पद अलीलाई नेपाल ल्याएपछि प्रहरी प्रधान कार्यालयको अ’पराध अनुसन्धान विभागका एआईजी प्रद्युम्न कार्की गत साता कञ्चनपुर गएका थिए ।

विधि विज्ञान प्रयोगशालामा डिएनए परिक्षणका लागी स्याम्पल पठाइएको तर, रि’पोर्ट आउन बाँकी रहेको प्रहरीका एकजना उच्च अधिकृतले बताए ।

निकार अलि कञ्चनपुर स्थित निर्मला पन्तको ह’त्या भ’ए’को ठाउँ नजिकै तरकारी खेती गर्थे । जग्गा भाडामा लिएर तरकारी खेती गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

डिएनए नमिलेसम्म उनलाई सार्वजनिक नगरिने बताइएको छ । कञ्चनपुरका एसपी उमा प्रसाद चतुर्वेदीले अनुसन्धान जारी रहेको र आधिकारीक प्रमाण आइनसकेको बताए ।

उनले भने–‘सोधपुछका लागी ल्याउने लैजाने कुरा भइरहन्छ, हामी गहिरो अ’नुसन्धान गरिरहेका छौं ।’यसअघि प’क्रा’उ गरिएका दिलीपसिंह विष्टको डिएनए नमिलेपछि उनलाई रिहा गरिएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.