Thursday, January 27News That Matters

२ हजारभन्दा बढी नेता-कार्यकर्ताहरू एमालेमा प्रवेश

1207 Shares

बॉके – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बॉकेको नरैनापुरमा आयोजित सभामा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रामकुमार दीक्षितको नेतृत्वमा विभिन्न पार्टी परित्या’ग गरी नेकपा (एमाले) मा प्रवेश गर्नुहुने २ हजारभन्दा बढी नेता-कार्यकर्ताहरूलाई स्वागत गर्नुभएको छ ।

गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले जनताले रुचाएकै कारण अहिले एमालेविरुद्ध गठबन्धन भएको दा’बी गर्नुभयो ।

“जनताले एमालेलाई रुचाएका कारण अन्य दलले एमालेसँग एक्लै चुनाव ल’ड्न सक्ने अवस्था छैन्”, महासचिव पोखरेलले भन्नुभयो, “एक प्रकारले पार्टीवि’रु’द्ध घे’राब’न्दी छ र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको छ, एक हिसाबले भन्दा हाम्रो पार्टीलाई एक्लो बनाउने प्रयास पनि भएको छ ।”

एमालेले देश, जनता, राष्ट्र र परिवर्तनको पक्षमा राम्रो काम गर्दा चौतर्फी आ’क्रमण गरी एमालेलाई रोक्न गठबन्धन र घे’राब’न्दी भएको उहाँले प्रष्ट पार्नुभयो । महासचिव पोखरेलले आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा बाँकेको नरैनापु्र गाउँपालिका क्षेत्रको शिक्षा, स्वास्थ्यलगायत समग्र विकासमा योजनाका साथ काम गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा महासचिव साथै केन्द्रीय कमिटी सदस्य तथा बॉके जिल्ला सूर्य ढकाल, सहइन्चार्जहरू मोहम्मद हारुन, शान्ति ढकाल, दीपा शर्मा, पशुपतिदयाल मिश्र,

जिल्ला अध्यक्ष निरक गुरुङ, सचिव रत्न खत्री, नवप्रवेशीका तर्फबाट रामकुमार दीक्षितलगायतले बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.