Thursday, January 27News That Matters

लागुऔषध कारोबारीसँग पत्रकारको परिचय पत्र

1016 Shares

प्रहरीले काठमाडौंको नरेफाँट तरकारी बजारस्थित सडकखण्डबाट एकजनालाई ला’गुऔ’षधसहित प’क्रा’उ गरेको छ।

प’क्रा’उ पर्नेमा धादिङको खनियाँबास गाउँपालिका-४ घर भइ काठमाडौंको तारकेश्वर नगरपालिका-११ लोलाङ बस्ने ४६ वर्षीय लेखबहादुर तामाङ हुन्।

कोटेश्वर प्रहरी प्रभागका इन्सपेक्टर सुरेश भट्टको कमाण्डमा गएको प्रहरी टोलीले तामाङलाई नुफिन, फेनेरगन र डाइजेपाम ८९२ वटा लुकाएको अवस्थामा प’क्रा’उ गरेको हो।

प्रहरीले रोक्न खोजेपछि उनी शंकास्पद गतिविधि गरेर भाग्न खोजेका थिए।

तामाङले युगान्तर मिडिया प्रालिको प्रेस लेखिएको परिचयपत्र पनि बरामद गरेको छ।

पत्रकार परिचयपत्र, मोबाइल २ थान र ला’गुऔ’षधसहित उनलाई हाल महानगरीय प्रहरी बृत्त बानेश्वरमा राखेर ला’गू औ’षध नियनत्रण ऐन २०३३ बमोजिम थप का’रबाही भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.