Thursday, January 27News That Matters

राजनीतिमा उथलपुथलः ओली र देउवाबीच रातारात भएको गोप्य सहमति भयो लिक, अब प्रचण्डहरुको हविगत के होला ?

2372 Shares

काठमाडौं । नेपाली राजनीतिमा फेरि उथलपुथलको संकेत देखिन थाालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग सम्झौता (एमसीसी) संसद्बाट पारित गर्नेगरि अघि बढेका हुन् ।

उनले आफूनि’कट नेताहरुसँग यो विषयमा छलफलसमेत थालिसकेका छन् ।

स्रोतका अनुसार उनले सत्ता गठबन्धनबाट एमसीसीको विषयमा सकारात्मक प्रतिक्रिया नआएको र सहयोग नहुने देखेपछि अब प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० को साथ लिनेगरि तयारी थालेका छन् ।

‘आजरभोलिभित्रै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच निर्णायक वार्ता हुँदैछ’–स्रोतले भन्यो ।

पुष ११ गतेको माओवादी केन्द्रको महाधिवेशनको उद्घा’टनसत्रमा नै प्रधानमन्त्री देउवाले एमसीसीको बचाउ गरेका थिए । र, यसलाई अघि बढाउनुपर्ने उनको तर्क थियो ।

उनले एमसीसी कुनैपनि हालतमा नेपालको अहितमा नरहेको पनि जिकिर गरेका थिए ।

उनले आफूले राष्ट्रघा’ती काम गरौंला र रु भन्दै उल्टै प्रश्न गरेका थिए । तर, माओवादी केन्द्रमा एमसीसीलाई लिएर चर्को वि’रो’ध र आ’लोचना छ । महाधिवेशनले प्रतिनिधिहरुले त एमसीसीको खारेजीको माग गर्दै आएका छन् ।

तर, सरकारको नेतृत्व गरिरहेको कांग्रेस र यसका नेतृत्व देउवाले भने अब एमालेको साथ लिएर पनि एमसीसी पारित गराउने तयारी थालेका छन् ।
उनले अब एमसीसीलाई धेरै अन्यौलमा नराख्ने भनेर आफूनिकट नेताहरुसँग पनि भनिसकेका छन् । Online Marg बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.