Thursday, January 27News That Matters

किसानका नाममा जनमत पार्टीको भैरहवा–लुम्बिनी सडकखण्डमा दिनहुँ चक्काजाम

1364 Shares

#भैरहवा– किसान आन्दोलन संघर्ष समितिको नाममा डा.सीके राउत नेतृत्वको जनमत पार्टीको चक्काजामले भैरहवा–लुम्बिनी सडकमा सवारी आवतजावत प्रभावित भएको छ ।

तीन दिनदेखि निरन्तररुपमा उक्त पार्टीले ब’न्द–ह’ड्ताल गर्दै आएको छ । बिहीबारदेखि ‘आम ह’ड्ताल सफल पारौं, किसान आन्दोलन सफल पारौं’ भन्दै ब्यानर र ला’ठी बोकेर जनमत पार्टीका कार्यकर्ता सडकमा उत्रिएका छन् । जसले गर्दा भैरहवा–लुम्बिनी आउजाउ प्रभावित भएको हो । बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म उक्त पार्टीले सडकमा रोकावट गरेको हो ।

शनिबार बनगाई चोकमा जम्मा भएका राउत नेतृत्वको पार्टीका कार्यकर्ताले सडकमा टायर बालेर च’क्काजाम गरेका छन् । लुम्बिनीतिरबाट आएका सवारी बेथरीमै रोकिएका छन् भने भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेका सवारी बनगाई नजिक रोकिएका छन् । ब’न्दका कारण सवारीको लामो लाइन भएको छ । ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

केही निजी कार र मोटरसाइकल आवतजावत गर्न दिए पनि मालबाहक सवारी ठ’प्प भएको प्रहरीले जनाएको छ । उक्त पार्टीका कार्यकर्ता लाठीसहित सडकमा उत्रिएका छन् । जनमत पार्टीको भातृ संगठन युवा जनमत संघ, रुपन्देहीका उपाध्यक्ष दिनेश यादवले आफूहरुका माग पूरा नहुँदासम्म च’क्काजामलाई निरन्तरता दिने बताए । ‘शान्तिपूर्ण आ’न्दोलन गरिरहेका छौं तर माग पूरा नभए आ’न्दोलन अझै क’डा बनाउँछौं’, उनले भने ।

उक्त पार्टीले किसानमाथिको द’मन ब’न्द गर, किसान र आन्दोलनकारीउपर लगाइएका झु’टा मुद्दाहरु फिर्ता गर, समयमा मलखाद र बीउविजनको व्यवस्था गर, सिंचाईको व्यवस्था गर वा गर्न नसके सिंचाईको विजुली निःशुल्क गर, हावाहुरी र वर्षाले भएको बालीनाली क्षतिवापत त’त्काल राहत देउ, किसानको समस्या समाधानका लागि मन्त्रीस्तरीय वार्ता समिति गठन गर, किसानको फसलको उचित मूल्य कायम गर, स्थानीय निकायमा भएका चरम भ्र’ष्टाचारको छानविन गरी दो’षाीलाई जेल चलान गर र किसानका लागि कृषि बीमा लागू गर भन्ने ९ सुत्रीय मागसहित च’क्काजाम गरिरहेको छ ।

लाठीसहित सडकमा उत्रिएका जनमतका कार्यकर्ताले कतिपय सवारी चालकलाई दु’व्र्यवहारसमेत गर्ने गरेका छन् । ला’ठीसहित नै सडकमा किन उत्रिएको भन्ने पब्लिक कुराको प्रश्नमा यादवले आवश्यक पर्दा आफूहरुको सुरक्षाका लागि लाठी ल्याइएको बताए । ‘हामीले शान्तिपूर्ण च’क्का जाम गरिरहेका छौं तर प्रहरीले ह’स्तक्षेप गर्यो भने प्रतिकारका लागि लाठी लिएर आएका हौं ।’ च’क्काजाममा उत्रिएका सबैजसो जनमतका कार्यकर्ताको हातहातमा लाठी छ । बनगाई क्षेत्रमा बाक्लो प्रहरी परिचालन गरिएको छ ।

आ’न्दोलनकारी भन्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बढी उपस्थिति हुँदा पनि च’क्काजाम भने खुलाइएको छैन । उक्त स्थानमा भेटिएका एक प्रहरीले माथिबाटै ह’स्तक्षेप नगर्नु र सम्झाइबुझाई गरेर सडक खाली गर्नु भन्ने आदेश आएकाले ह’स्तक्षेप नगरिएको बताए । उनले सम्झाउँदा प्रदर्शनकारीले भने नमानेको बताए । रूपन्देही प्रहरी प्रमुख एसपी मनोज केसीले ठाउँ सार्दै च’क्काजाम गर्दै आए पनि प्रहरीले सडक खुलाउने काम गरिरहेको बताए ।

‘जहाँ टायर बाल्छन्, च’क्काजाम गर्छन्, त्यहाँ प्रहरी पुगेर टायर खोस्ने, च’क्काजाम हटाउने गरेको छ’, उनले भने, ‘कहिले कहाँ, कहिले कहाँ गरेर उनीहरुले च’क्काजाम गरिरहेका छन् । हामीले यसो नगर्न भनिरहेका छौं ।’ उनले प्रहरीले बल प्रयोग नगर्ने तर लाठीभाटा बोकेर हिंडेमा त्यसलाई रोक्ने जनाए । राजनीतिक विश्लेषकहरुले भने आगामी निर्वाचनलाई लक्षित गरेर उक्त पार्टीले जनमत बटुल्न किसानको नाममा च’क्काजाम गरिरहेको बताउँछन् । #पब्लिककुरा डटकमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.