Thursday, January 27News That Matters

कार्यकर्ताले आलोचना गरेपछि प्रचण्ड काठमाण्डौ छोड्दै, गाउँ जाने तयारी !

1464 Shares

माओवादी केन्द्रको जारी महाधिवेशनमा प्रतिनिधिहरुले प्रश्न उठाएपछि त्यसबारे जवाफ दिँदै दाहालले आफू अहिले बसिरहेको डेराबाट छिटै सर्ने बताएका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहालले अहिले बसिरहेको खुमलटार निवास छिटै छो’ड्ने बताए । ‘खुमलटार छोडेर गाउँ जानेकी भनेर सोचिरहेको छु । निर्णय नै त गरिसकेको छैन । निकै आलोचना भयो,’ उनले भने, ‘म कार्यकर्ताको भावनाको सम्मान गरेर डेरा सर्ने सोँच बनाएको हुँ ।’

कार्यकर्तालाई साधारण जीवन बिताउनुपर्छ भनेर दाहालको बसाइ, रहनसहनलाई लिएर कार्यकर्ताले आलोचना गरेपछि दाहालले आज यस्तो बताएका हुन् । दाहाल अहिले खुमलटारस्थित ठेकेदार सारदाप्रसाद अधिकारीको घरमा बस्दै आएका छन् ।
उनले पार्टीलाई जनपक्षीय बनाउन र देश तथा जनताको हितमा केन्द्रीत गर्न आफैबाट शुरु गर्ने प्रतिवद्धता व्यक्त गर्दै माओवादी मात्रै भरोसायोग्य शक्ति हो भन्ने स्थापित गराएरै छाडिने दृढता व्यक्त गरे।

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि विभिन्न २५ समूह बनाएर मंगलबार र बुधबार मध्याह्नसम्म छलफल भएको थियो। छलफलका क्रममा उठेका विषयमाथि बुधबार र बिहिबार समूहका नेताले बन्दशत्र हलमा जानकारी गराएका थिए।

त्यसक्रममा उठेका समग्र प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले आज दिएका हुन्। उनले माओवादीको महाधिवेशनका कारण देशको राष्ट्रिय राजनीतिमा समेत नयाँ ऊर्जा प्राप्त भएको बताए। उनले भने, ‘हाम्रो पृष्ठभूमि र विरासतको कारणले माओवादी नामका क्रा’न्तिकारी जनयु’द्ध र जनआन्दोलनको संवाहक पार्टी भएको नाताले, यो परिवर्तनसँग पार्टी आन्दोलन विरासत जोडिएकाले यो महाधिवेशनप्रति देश तथा दुनियाँको ध्यान छ।’

माओवादीले कस्तो कार्यक्रम ल्याउने हो, कस्तो संगठन बनाउने हो, कस्तो निर्णय गर्ने हो भन्ने आम रूपमा चासो पैदा भएको भन्दै उनले भने, ‘कसैले २१ शताब्दी फड्को हान्न खोजे पनि भने। कतिले २०औँ शताब्दीमा फर्कन खोजेको भने। कतिले किताबबाट सारेको पनि भने। कतिले पुरानै बाटोमा जाने भयो पनि भने। तर, यो महाधिवेशन अरुभन्दा फरक रह्यो।’

सुरुदेखि नै विचारको विकासलाई प्रमुख स्थानमा राखेको भन्दै उनले पार्टी रुपान्तरणमा केन्द्रित बनेको र सोही आधारमा कम्युनिष्ट आन्दोलनको इतिहासमा समेत दर्ज भएको बताए। दक्षिण, वाम या मध्यमार्गी कोणबाट नै किन नआएको होस्, यो महाधिवेशनमा विचारको विकास गर्ने सन्दर्भमा वा आत्मसमीक्षाको रुपमा पनि जनतासँग जोडिने सवालमा महत्वपूर्ण रहेको अध्यक्ष प्रचण्डको भनाइ छ। नयाँ बहसको सृष्टि गर्ने महाधिवेशनका रुपमा पनि दर्ज भएको उनले स्पष्ट पारे।

अध्यक्ष प्रचण्डले भने, ‘राजनीतिक एजेन्डा ल्याउने र स्थापित गर्ने त माओवादी हो भन्ने भएको छ। महाधिवेशन उद्घघा’टन शत्रमा पनि यहाँहरूले सुन्नु भो प्रचण्डले नै हो परिवर्तन ल्याएको, संविधानसभा, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता, संघीयता सबैसबै ल्याउन भूमिका खेलेको भनेर कांग्रेस सभापतिले नै भन्नुभयो।’ आफूले प्रस्तुत गरेको प्रतिवेदन बन्दशत्रको साझा सम्पत्ति भएको भन्दै उनले सबैको सुझाव समेटिने विश्वास दिलाए। यो साभार गरियको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.