Thursday, January 27News That Matters

कर्णालीमा आज एमाले ७ जिल्लामा प्रतिनिधि चयन गरिँदै, राष्ट्रियसभाका लागि ९ जनाको नाम सिफारिश

1433 Shares

नेकपा (एमाले) को जिल्ला अधिवेशनका लागि आज शनिबार कर्णालीका ७ जिल्लामा प्रतिनिधि चयन गरिने भएको छ।

एमाले प्रदेश कमिटीका अनुसार जुम्ला २० गते र जाजरकोटमा १८ गते प्रतिनिधि चयन गरिने छ भने कालिकोटका शुक्रबार प्रतिनिधि चयन गरिसकिएको छ ।

त्यसबाहेकका रुकुम पश्चिम, सल्यान, सुर्खेत, दैलेख, मुगु, हुम्ला र डोल्पामा आजै प्रतिनिधि चयन गरिने एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले रातोपाटीलाई जानकारी दिए ।

एमालेको जिल्ला अधिवेशन पुस २३ गने तोकिएको छ । उनका अनुसार जिल्ला अधिवेशनका लागि जिल्लाहरूले तयारी तीव्र पारिसकेका छन् ।

उनका अनुसार आगामी माघ १२ मा हुन लागेको राष्ट्रियसभा सदस्यको चुनावका लागि कर्णालीबाट तिन ‘कलष्टर’ मा ९ जनाको नाम सिफारिश गरिएको छ ।

अध्यक्ष शाहका अनुसार महिलातर्फ जुम्लाको चन्दननाथ नगरपालिका– ७ जुलाकी गंगा थापा महत, छत्रेश्वरी गाउँपालिका–५ सल्यानकी कुन्ता बस्नेत र मुगुको मुगुमकार्मारोङ्ग गाउँपालिका–३ की सोनाम छोइजुङ् भोटे लामालाई सिफारिश गरिएको छ ।

अन्यतर्फ  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का चुडामणी शर्मा, भेरी नगरपालिका–३ जाजरकोटका गोविन्दविक्रम शाह र शुभकालिका गाउँपालिका–४ कालीकोटका हिरे सुनारलाई सिफारिश  गरिएको छ ।

यस्तै अपाङ्गता तर्फ मुगुको छायाँनाथरारा नगरपालिका–१० रुपबहादुर बुढा, कालिकोटको खाँडाचक्र नगरपालिका–३ कालीकोटका केशवराज देवकोटा र सल्यानका शेरबहादुर डाँगीलाई सिफारिश गरिएको उनले बताए ।  पार्टीले उल्लेखित नामबाट तीन जनालाई  छान्ने छ ।रातोपाटी  बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.