Thursday, January 27News That Matters

महाधिवेशनपछि ठेकेदारको घर छाडेर डेरा सर्लान् प्रचण्ड ?

1602 Shares

माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यक्तिवाददेखि उनको जीवनशैलीमाथि कार्यकर्ताले प्रश्न उठाए ।

पार्टी अध्यक्ष वि’वा’दास्पद ठेकदारको घरमा बस्नुले राम्रो सन्देश नगएको भन्दै प्रतिनिधिले प्रचण्डको चर्को आलोचना गरेका छन् ।

केन्द्रीय सदस्य देवेन्द्र पराजुलीले समूहगत छलफलको निष्कर्ष सुनाउँदै भने, ‘एउटा व्यापारीको घरमा हाम्रो अध्यक्ष बसेको राम्रो भएन । खुमलटारको त्यो घर अध्यक्ष कमरेडले छोड्नुपर्छ भन्ने साथीहरूको धा’रणा छ ।’

उनले प्रचण्डलाई डेराको समस्या भएको हो भने पार्टीका आठ लाख कार्यकर्ताले बनाइदिने बताउँदा प्रतिनिधिहरूले ताली पिटेर समर्थन जनाए । बन्दसत्रमा अन्य प्रतिनिधिहरूले पनि खुमलटार छाड्न प्रचण्डलाई आग्रह गरेका थिए ।

प्रचण्ड २०७४ सालदेखि वि’वा’दास्पद व्यवसायी शारदाप्रसाद अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका छन् ।

महाधिवेशन प्रतिनिधिको चर्को आलोचना सुनेका प्रचण्डले बन्दसत्रले सुन्न चाहेकै जवाफ फर्काएका छन् । आफ्नो राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्न, पुरक प्रस्ताव र फरक मतबारे शुक्रबार जवाफ फर्काउने क्रममा उनले भने, ‘यो विषयमा निकै आ’लोचना हुने गरेको छ । म झुपडीमा गएर बस्न पनि तयार छु । म कार्यकर्ताको भावनाको सम्मान गर्दै म डेरा सर्न तयार छु ।’

उनले आफू गाउँ जाने पनि सोचिरहेको बताए । ‘निर्णय नै त गरिसकेको छैन । तर, खुमलटार छाडेर गाउँ जाने कुरा सोचिरहेको छु । तपाईंहरू केन्द्रीय सदस्य पनि काठमाडौंमा बस्ने होइन गाउँ जाने हो, तयार हुनुस्’ प्रचण्डले भने ।

केही दिनअघि हिमालय टिभीसँगको एक अन्तर्वार्तामा पनि अध्यक्ष प्रचण्डले चितवनमा आफ्नो पुस्तौनी जग्गामा एउटा झुपडी बनाएर बस्ने इच्छा सुनाएका थिए । ‘मेरो भागमा परेको बुवाको जग्गामा झुपडी बनाएर बस्ने सोचिरहेको छु,’ उनले भनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.