Thursday, January 27News That Matters

लुम्बिनी प्रदेशद्वारा करारमा ४३६ कर्मचारी माग (सूचनासहित)

3342 Shares

लुम्बिनी प्रदेश सरकार, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ठूलो सङ्ख्यामा करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ ।

मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि ४३६ कर्मचारी करार सेवामा भर्ना गर्न लागेको हो । त्यसका लागि शुक्रबार दरखास्त आह्वान गरिएको छ ।

१५ दिनभित्र आवेदन दिन भनिएको छ । मन्त्रालयले प्रदेशका सबैजसो जिल्लामा नायक प्राविधिक सहायक र नायव पशु सेवा प्राविधिकका लागि विज्ञापन आह्वान गरेको हो ।

यो पनि पढनुहोला : बाक्लो हुस्सुका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र तराईका विमानस्थलमा भिजिबिलिटी निकै घटे’को छ । भिजिबिलिटी कम हुँदा आन्तरिक तथा बाह्य उडान बिहानैदेखि ठ’प्प छन् ।

त्रिभुवन विमानस्थलमा बिहान भिजिबिलिटी घटेर १ सय मिटरमा झरेको थियो । अहिले भिजिबिलिटी केही बढे पनि अझै उडान सूचारु हुन सकेको छैन । विमानस्थल कार्यालयका अनुसार सामान्यतयाः उडान र  अवतरणका लागि भिजिबिलिटी ३ हजार मिटर चाहिन्छ ।

तर, काठमाडौं मात्र होइन तराईका विमानस्थलको भिजिबिलिटी पनि निकै घ’टेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सिमरा  र भैरहवा विमानस्थलमा भिजिबिलिटी १०० मिटरम झरेको छ ।

त्यस्तै, धनगढी र नेपालगन्ज विमानस्थलमा ५ सय मिटर मात्र भिजिबिलिटी छ । विराटनगरमा ६ सय मिटर र जनकपुरमा ८ सय मिटर मात्र भिजिबिलिटी रहेको महाशाखाको तथ्यांक छ । यद्यपि, दिउँसो भने कुहिरो र हुस्सु ह’ट्दै जाने आँकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
2
+1
0
+1
1
+1
1

Leave a Reply

Your email address will not be published.