Thursday, January 27News That Matters

एमाले नेता बादललाई गद्दार घोषणा गर्न माओवादी केन्द्र महाधिवेशनमा जोडदार माग

1404 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनमा पार्टी छाडेका नेता रामबहादुर थापा ‘बादल’लाई ग’द्दार घोषणा गर्न माग भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सुझाव दिने क्रममा प्रदेश १ का टोली नेता हर्कबहादुर नेम्वाङले यस्तो माग गरेका हुन्।

उनले माओवादीले आफैंलाई बदल्ने संकल्प गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन्। प्रदेश १ समूहले कार्यकर्ताको मूल्याङ्कन नेताको म’नोमा’नीमा हुने गरेको बताउँदै त्यसलाई विधिसम्मत बनाउन पनि माग गरेका छन्।

उनले समूहकोतर्फबाट पेश गरेको सुझावमा माओवादी छा’डेर एमालेमा गएका नेता बादलसहितलाई ग’द्दा’र घोषित गर्न भनेका हुन्। ‘माओवादी छाडेर एमालेमा गएका नेताहरु रामबहादुर थापा ‘बादल’हरुको गद्दा’रीलाई संस्थागत गर्नुपर्छ’, यो समूहको सुझावमा भनिएको छ। त्यसैगरी यो समूहले संविधान निर्माणमा राखिएका फरक मत पनि सार्वजनिक गर्नुपर्ने माग नेतृत्वसँग गरेको छ।

त्यस्तै नेकपा (माओवादी केन्द्र)बाट विभिन्न ला’भको पदमा पुगेका नेताहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग भएको छ। पार्टीको तर्फबाट लाभको पदमा पुगेका सबैले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने माग उठेको हो।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सुझाव दिँदै सो माग गरिएको प्रतिनिधि बुद्धि जिसीले जानकारी दिए। लुम्बिनी प्रदेश र बागमती प्रदेशबाट सो माग उठेको हो।

यस्तै, सत्तामा गएकाहरुलाई तत्काल फिर्ता गर्न पनि माग गरिएको छ। कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले आफ्नो समूहबाट आएका सुझाव उदृत गर्दै भनिन, ‘सत्तामा गएकाहरुले भ्र’ष्ट आ’च’रण गरे फिर्ता बोलाउनुपर्छ।’

भर्खरै महाधिवेशन गरिरहेको माओवादीमा विशेष महाधिवेशन गरेर भए पनि वैचारिक बहस गर्न माग गरेका छन्। ‘विशेष महाधिवेशन गरेर वैचारिक बहस गर्नुपर्छ’ नेता युवराज चौलागाईंले भने, ‘पार्टीमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था विधानमै राख्न सुझाव आएको छ।’

पुस ११ गतेदेखि राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डले सोमबार ४५ पृष्ठ लामो प्रतिवेदन पेश गरेका थिए। सो प्रतिवेदन उपर २५ समूह बनाएर छलफल भएको हो। ११ समूहले बुधबारसम्म छलफलको निष्कर्ष पेश गरिसकेका छन् भने १४ समूहले बिहीबार प्रस्तुत गर्दै छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.