Thursday, January 27News That Matters

माओवादी केन्द्रसँगको एकता बारे प्रकाण्डको यस्तो खुलासा

1063 Shares

काठमाडौं – नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमसीसी वैदेशिक ह’स्तक्षेप गराउने प्रोजेक्ट भएको बताएका छन् ।

एक टेलिभिजन कार्यक्रममा प्रकाण्डले एमसीसी विकासको लागि नभई नेपाललाई बरबादीमा लाने ष’डयन्त्र भएको बताए ।

एमसीसी जनवि’रो’धी र देशघा’ती भएको बताउदै उनले यो प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको आ’यु लम्ब्याउन मालिकको खातिदारी मात्र भएको बताए ।

उनले सरकारसँग भएको तीन बुँदे सहमति तो’डिएमा राम्रो नहुने पनि बताए ।

नेकपा माओवादी केन्द्रसँगको एकता बारे गरिएको प्रश्नमा उनले फोहारी खेलमा डुबाउने ष’ड्य’न्त्र रहेछ भने यो सम्भव नहुने बताए । उनले भने – ‘प्रचण्डजी विचार र व्यवहारमा सच्चिएर प्राक्टिकल्ली आउनुभएमा ठिकै हुन्छ ।

तर नेपाली जनतालाई भ्रमित पार्ने र आम नेपालीबीचमा बदनाम गराउने ष’ड्य’न्त्र भएका यो सम्भव छैन ।’

महासचिव विप्लवको प्रचण्डसँग दुई पटकसँग कुरा भएको बताउदै प्रकाण्डले कृष्णबहादुर महरा र आफ्नो कुरा हुँदा पनि एकता प्रस्ताव आएको बताए । तर उनले त्यो एकता केका लागि आएको क्लियर हुनुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.