Thursday, January 27News That Matters

राजेन्द्र लिङ्देनले भनेः राजसंस्था पुनःस्थापना नगरे नेपाल सिक्किम जस्तै विलय हुने खतरा

1565 Shares

काठमाडौं, १४ पौष ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था नभए नेपाल सिक्किम जस्तै विलय हुने टिप्पणी गरेका छन् ।

उनले नेपाल रहने तर देशका रुपमा नभई विलय हुने टिप्पणी गरेका हुन् ।

आज राजधानीमा राजा वीरेन्द्र शाहको स्मृतिमा आयोजित कार्यक्रममा लिङ्देनले भने, सिक्किम सिक्किमकै रुपमा छ । तर, सिक्कम भन्ने देश छैन । पछिल्लो दिनमा त्यही ख’तरा हाम्रो देशले बोकिराखेको छ ।

जतिसक्दो छिटो राजसंस्था नफर्किए देशको अस्तित्व नै ख’तरामा पर्ने बताए ।

राजसंस्था देशलाई विलय हुनबाट जोगाउने आधार हुने उनको टिप्पणी थियो । देशमा राजसंस्थाको आवश्यकता अझ बढेको लिङ्देनले बताए ।

राजनीतिक दलका नेताहरु बदनाम भएको भन्दै नेता भन्दा राजा बढी देशभक्त हुन्छन् भन्ने प्रमाणित हुँदै गएको बताए । उनले भने, त’त्कालीन राजा वीरेन्द्रले देशभक्तिको प्रमाण गर्नुभयो ।

विदेशीसँग झुक्नुभन्दा राजनीतिक दलसँग हातेमालो गर्न त’त्कालीन राजा वीरेन्द्र तयार भएको बताए ।

उनले राजसंस्था नहुँदा देशमा मनपरीतन्त्र हावी भएको बताए ।-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.