Thursday, January 27News That Matters

माओवादीमा कमिसन, भ्रष्टाचार, पैसाप्रति आशक्ति बढेको प्रचण्डको निष्कर्ष

1704 Shares

काठमाडौं, पुस १३ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा कमिसन, भ्र’ष्टाचार, यौ’न अ’नैतिकता, व्यक्तिवा’द, पद र पैसाप्रति आशक्ति बढेको निष्कर्ष निकाल्नु भएको छ ।

यो स्थिति बदल्न नसक्ने हो भने क्रा’न्तिकारी पार्टी र उन्नत संस्कृतिसहित समाजवादको यात्रामा अगाडि बढ्न सम्भव नहुने उहाँले उल्लेख गर्नुभएको छ ।

पार्टीको जारी आठौं महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्डले जनताले माओवादी र अन्य पार्टीमा खासै भिन्नता नदेखेको बताउनुभएको छ ।

सांस्कृतिक रूपान्तरणको प्रश्न क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको अनिवार्य सर्त हो।

पार्टीका नेता–कार्यकर्ताको दैनिक आचरण, सम्पर्क सम्बन्ध, जीवन पद्धति, लवाइखुवाइ, यौन जीवन, आर्थिक र पारिवारिक सम्बन्ध, विज्ञानको ज्ञान, वर्ग चेतना, श्रम उत्पादन, अध्ययन अनुसन्धान, नेता–कार्यकर्ता र जनताबीचको सम्बन्ध वैयक्तिक, सामूहिक र सार्वजनिक जीवन आदिका रूपमा पार्टीको सांस्कृतिक स्तर र पहिचान व्यक्त भइरहेको छ,

प्रचण्डले भन्नुभएको छ, सांस्कृतिक रूपान्तरणको विषयलाई प्रत्येक कमिटीले विचार, राजनीतिक संगठन र आचारणको तहबाट गम्भीर बहस र छलफलसहित साझा निष्कर्षका लागि विभिन्न जोड गर्ने तथा व्यवहारमा उतार्न योजनाब’द्ध पहल गर्नुपर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.