Thursday, January 27News That Matters

प्रचण्डलाई महाधिवेशनको मुखमै आयो चेतावनी, दस्तावेज चित्त नबुझे फरक प्रस्ताव राख्छौं’

1005 Shares

१२ पुस, काठमाडौं 

राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको नेकपा माओवादी केन्द्रले अन्तिम क्षणमा आएर महाधिवेशन भनेको छ । आइतबारबाट काठमाडौंमा सुरु भएको महाधिवेशनमा अहिलेसम्म पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक वैचारिक दस्तावेज नै सार्वजनिक गर्न सकेका छैनन् ।

दस्तावेजको सार भनेर केही बुँदाहरुमाथि केन्द्रीय कमिटीमा बि्रफिङ गरेपनि कस्तो दस्तावेज आउँछ भन्ने नेता कार्यकर्तालाई थाहा छैन ।

सामान्यतः महाधिवेशनभन्दा केही समय अगाडि नै वैचारिक प्रस्ताव अगाडि सारेर बहसको सुरुवात गर्नुपर्ने हो । तर महाधिवेशनको उद्घाटन सत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रचण्डसँग दस्तावेज मागे पनि आफूले दिन नसकेको प्रचण्डले मञ्चबाटै स्वीकार गरे ।

बरु अध्यक्ष प्रचण्डले उद्घा’टन सत्रमा राप्रपा नेतृ कुन्ती शाहीदेखि काँग्रेस सभापति शेरबहादुर देउवाले राखेको विचारलाई नै महान बहसको सुरुवात भनेर संश्लेषण गरिदिए ।

त्यसो त, पार्टीभित्र अहिले वैचारिक-सांगठनिक चुनौती दिनसक्ने नेताहरु नदेखिनु/बाँकी नरहनुले पनि प्रचण्डलाई केही अनुकूलता छन् । तर यस्तो अनुकूलता पार्टी र आन्दोलनका लागि प्रतिकूलतामा परिवर्तन हुनसक्ने औंल्याउँछन् पार्टीका युवा नेता हेमराज भण्डारी ‘सुदर्शन’ ।

उनले आइतबार बिहान प्रचण्डलाई भेटेर चित्तबुझ्दो दस्तावेज नआए फरक प्रस्ताव पेश गर्ने जानकारी दिइसकेका छन् ।अनलाईन खबर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.