Thursday, January 27News That Matters

केपीओलीको नक्कल गर्दा प्रचण्डको भयो चर्को आलोचना,हटाईयो कटआउट

1248 Shares

नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनस्थलमा राखिएको अध्यक्ष प्रचण्डको ‘कटआउट’ हटाइएको छ ।

महाधिवेशनको पहिलो दिन कमलादी परिसरमा प्रचण्डको कटआउट राखिएकामा त्यसप्रति आलोचना भएसँगै दोस्रो दिन हटाइएको हो ।

माओवादी केन्द्रका नेता सुदन किँरातीले कटआउट महाधिवेशनस्थलबाट हटाइएको बताए । नेतृत्वलाई थाहै नदिइ नि’कटस्थले चा’कडी गर्नका लागि राखिएको उनले आ’रो’प लगाएका छन् ।

‘नेतृत्वलाई थाहै नदिइ गरिएको चाकडी हटाइसकिएको सबैलाई जानकारी । चा’कडी प्रवृत्ति मूर्दावाद !’ किँरातीले सामाजिक सञ्जालमा लेखेका छन् ।

आइतबार प्रचण्डको कटआउटलाई पृष्ठभूमि बनाएर नेता कर्ताकर्ताले धमाधम सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेको देखिएको थियो भने त्यसको आलोचना भएको थियो ।

प्रचण्डमा पनि ओली प्रवृत्ति देखिएको भन्दै कतिपय सञ्जाल प्रयोगकर्ताले प्रश्न उठाएका हुन् । माओवादी केन्द्रको महाधिवेशनअन्तरगत सोमबारदेखि कमलादीमै बन्दसत्र सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.