Thursday, January 27News That Matters

आमाको कि’रिया बसेका छोराको पनि मुटुमा प्वाल, यस्तो छ कुमार थापा माथि परेको ब’ज्रपातको श्रृखला

1481 Shares

बुटवल । छोरी र श्रीमतीको असमायीक मृ’त्युको श्रृखलाबद्ध रुपमा पिडा भोग्नु परेपछि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य कुमार थापा मगरलाई स’मवेदना दिनेहरुको सामाजिक सन्जाल ठुलै संख्या छ।

यातायात मजदुरको रुपमा लामो समय काम गरेर राजनितीक क्षेत्रमा समेत पहिचान बनाएका कुमार थापाले पछिल्लो १२ दिनको अवधीमा पत्नी र पु’त्रिशोकको आहालमा डु’ब्नु परेपछि थापालाई चिन्नेहरु सामाजिक सञ्जाल मार्फत आफ्नो स’मवेदना दिई रहेका छन्।घ’टना सुन्नेहरु समेत स्त’व्ध बनाउने खालको पिडादायी घ’टना भएको भन्दै समवेदना ब्यक्त गरि रहेका छन। गत कार्तिक ४ गते थापाकी श्रीमती खुमा बुढा मगरको ४२ वर्षको उमेरमा र कार्तिक १५ गते छोरी कृति थापा राजभण्डारीको ३० वर्षको अ’ल्पआयुमै नि’धन भएको हो।

खुमा कृतिको कान्छि आमा हुन्। उनकी आफ्नी आमा अन्जु थापाको ६६ सालमै मृ’त्यु भएको थियो। अन्जुको नि’धनपछि कुमारले खुमासंग केहि वर्ष अघि विवाह गरेका थिए। बुटवल उपमहानगरपालिका वडा नम्बर १२ ढबाहा निवासी थापाका जेठो छोरा कृशेष थापा पनि सहिद गंगालाल ह्ृदयरो’ग अस्पतालमा उपचाररत छन्।थापा पारिवार नजिकका आफन्तका अनुसार गत असोज २८ गतेदेखि आएको ज्व’रो बढ्दै गएपछि उपचारको क्रममा कार्तिक ४ गते खुमाको मृ’त्यु भएको थियो। २९ गते अस्पताल भर्ना गर्दा ज्वरो र हे’मोग्लोबिन घट्दै गएको र पछि ब्रे’न ह्या’मोरेजका कारण खुमाको मृ’त्यु भएको अस्पतालले बताएको थियो।

खुमाको मृ’त्यु भएको १२ दिनपछि थापाकी छोरी कृति थापाको पनि मृ’त्यु भएपछि थापा र काठमाण्डौको राजभण्डारी परिवार शो’कमा डु’बेको छ। कृती थापा र राजभण्डारी परिवारको सदस्यको रुपमा मात्र सिमीत पहिचानमा थिईनन् उनले सानै उमेरमा नेपाल राष्ट्र बैंकको सहायक निर्देशक पदमा नाम निकालेर आफ्नो अलग पहिचान बनाएकी थिईन्।

बिद्यालय पढदा देखि नै अध्यायन संगै कला र संगितमा समेत उनको बि’लक्षण प्रतिभा रहेको उनका समकक्षीहरु बताउछन् कृतीले अध्यायन गरेको काठमाण्डौको कलेजले कृतीले राष्ट्र बैंकमा नाम निकाले संगै कलेजको प्रचार सामाग्रीमा समेत उनलाई समावेश गरेको छ ।करीव १ बर्ष अघि राजभण्डारी परिवारमा विवाह भएकी कृति नेपाल राष्ट्र बैंकमा उपसचिव पदमा (सहायक निर्देशक) कार्यरत थिईन्। नेपाल राष्ट्र बैंकमा कार्यरत काठमाण्डौं भंगालका रवीन्द्र राजभण्डारीसंग ११ महिना अघि विवाह गरेकी कृति आठ महिनाकी ग’र्भवती थिईन्।

थापा परिवारका अनुसार नियमित ग’र्भ परिक्षण गर्दै आएकी कृतिलाई चिकित्सकले मंसिरमा डेलिभरीको मिती दिएका थिए। तर असोज अन्तिम सातादेखि स्वास्थ्यमा स’मस्या देखिएपछि कार्तिक ८ गते अ’प्रेसन गरि बच्चा नि’कालिए पनि एकसाता पछि उनको मृ’त्यु भएको पारिवारिक श्रोतले बताएको छ।

शुरुमा खोकी बढ्दै गएपछि नर्भिक अस्पताल काठमाण्डौंमा उपचारको लागि गएकी उनलाई परिक्षण गर्दा को’रोना पोजेटिभ संगै मुटुमा स’मस्या देखिएपछि टिचिङ अस्पतालमा लगि अ’प्रेशन गरि बच्चा निकालिएको थियो। पारिवारिक श्रोतका अनुसार कृतिको १२ वर्ष पहिले मु’टुको अ’प्रेशन गरि भ’ल्व फेरिएको थियो।मुटुका चारवटा भ’ल्वमध्ये उनका तिनवटा भ’ल्व कृतिम थिए। अहिले सोहि भ’ल्वमा लि’केज भएपछि मुटुमा सं’क्रमण फैलिएको थियो। पहिले नै मुटुका भ’ल्व फेरिएको र ग’र्भवती अवस्थामा को’रोना सं’क्रमणसंग भ’ल्व लि’केज भएपछि सं’क्रमण फैलिदै जांदा उनको मृ’त्यु भएको बताईएको छ ।

बे’होस अवस्थामै अ’प्रेसन गरि बच्चा जन्माईएपनि बे’होसीमै एकसाता सम्म भेण्टिलेटरमै रहेकी कृतिलाई चिकित्सकले १५ गते मृ’त घोषणा गरेका हुन्। उनको बच्चाको पनि शिक्षण अस्पतालमै उपचार भईरहेको छ। राष्ट्रबैंक हुंदै परराष्ट्र सेवामा कार्यरत कृतिका श्रीमान रविन्द्र राजभण्डारी यसैसाता ब्राजिल जाने तयारीमा थिए।

यता आमाको कि’रिया बस्ने क्रममै मुटुमा स’मस्या देखिएपछि थापाका जेठा छोरा २७ वर्षिय केशन थापा अहिले गंगालाल ह्द’यरो’ग केन्द्रमा उपचाररत रहेका छन्। केशनको पनि मुटुको भ’ल्वमा प्वा’ल देखिएपछि १२ वर्षको उमेरमा ले’जर थे’रापी गरिएको थियो।ले’जर थे’रापी गरेको १५ वर्षपछि अहिले फेरी भ’ल्वमा समस्या देखिएपछि अब भने मुटुको अ’प्रेसन गरि भल्व फेर्न चिकित्सकले सुझाव दिएका छन्। उनको केहि दिनभित्रै अ’प्रेसन गर्ने तयारी गरिएको पारिवारिक श्रोतले बताएको छ। लामो समय सवारी चालक रहेका

कुमार थापा लामो समय यातायात मजदुरहरुको कल्याणकारी संस्था यातायात मजदुर भलाईकोषको अध्यक्षको रुपमा नेतृत्व सम्हालेका थिए। राजनितीमा सक्रिय थापाले एमाले सचिव प्रदिप ज्ञवाली (शितबिन्दु)द्धारा लिखित चलचित्र ‘सहयात्री’का निर्मातासंगै कलाकारको रुपमा अभिनय गरेका छन्।

थापाले त्यो संगै आधादर्जन बढि चलचित्र र टेलिचलचित्रमा समेत अभिनय गरेका छन्। चलचित्र औठाछाप र टेलिचलचित्र डांडापारीको गाउं लगाएत आधा दर्जन बढि चलचित्रमा अभिनय गरेका थापाको जिवनमा चलचित्रमा देखाईने काल्पनिक कथामा जस्तै पारिवारिक वि’योगको ब’ज्रपात परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.