Thursday, January 27News That Matters

इन्द्रेणी टिमको अहिले सम्मकै उत्कृष्ट देउसी भैलो , देश र जनताको लागी ऐतिहाँसिक ल्यायो हेर्नुस (भिडियो) सहित ।

1116 Shares

आज शनिबार तिहारको अन्तिम दिन अर्थात् भाइटीका । कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो भाइपूजा/भाइटीका मनाइन्छ । यसदिन दिदीबहिनीले दाजुभाइको विधिपूर्वक पूजाआजा गरी मनपर्ने खानेकुरा खान दिने र दिदीबहिनीलाई यथासक्य दक्षिणा तथा उपहार दिने परम्परा रहेको छ ।

सत्ययुगमा यमपञ्चकका पाँच दिन यमराजले बहिनी यमुनाको घरमा बसी बहिनीको हातबाट टीका तथा उपहार लिएको र आशिर्वाद दिएको कथन छ ।

त्यही बेला देखि नै भाइटीकाको प्रारम्भ भएको जनविश्वास रहि आएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको अनुसार यसवर्षको भाइटीकाको साइत बिहान ११ बजेर २ मिनेटमा रहेको थियो ।

देउसी भैलो खेल्ने परम्परालाई जगेर्ना गर्नको लागि हरेक साल ईन्द्रेणी परिवारले तिहारको आबसर परेर  देउसी भैलो कार्यक्रम गर्दै आइरहेको छ । देउसी भैलो कार्यक्रममा धेरै कलाकारको सहभागिता रहेको थियो।

तिहारमा देउसी भैलो खेल्ने” परम्परा  बलिराजा का पालादेखि समूह बनाएर देउसी भैलो खेल्ने चलन अझ पनि कायमै छ तर पनि पहिलेको तुलनामा भने हिजो आज देउसी भैलो खेल्न निस्कने समूह हरु कमै मात्रा मा भेटिन्छन् ।केही युवा समूह मिलेर प’रम्परा धान्न र

सामाजिक”कार्यका निम्ति देउसीभैलो खेल्ने गरेका छन् ।देउसीभैलोको मौलिक परम्परा भने गाउँघरमा हट्दै गएको छ । देउसी खेल्ने केही युवा समूह निस्के पनि मौलिक भाकामा देउसी गाउने भने अहिलेदेख्नै पाइँदैन । आहिले  तिहारमा मेमोरीकार्ड, युट्युबबाट गीतबजाएर’ देउसी खेल्ने चलन छ ।

यसले मौलिकरूप मा तिहारका गीत गाएर” देउसी खेल्ने चलन हिजोआज कहिँकतै मात्र  देख्न पाइँछ । भैलेनी आयौँ आँगन बडाली कुडाली राखन, आहैँ औँसीको बार गाई तिहार भैलीराम ।हरियो गोबरले लिपेको लक्ष्मी पूजा पुजेको,आहैँ औँसीको बार गाईतिहार भैलो ।

हामी त्यसै आएनौँ बलि राजाले बोलाएका, आहैँ औँसीको बार गाई तिहार “भैलीराम ।यी गीत गाएर गाउँभरि देउसीभैलो खेल्ने समूहले तिहारमा उ’त्साह” छाउँथ्यो । कसैले गीत झिक्ने, केहीले भट्याउने, कोही नाच्ने गर्दा देउसीभैलो हेर्नेको भीड नै हुने गर्थ्यो ।   ‘

अहिले देउसीभैलो खेल्ने परम्परा नै परिवर्तन हुँदै गएको छ,गीत गाएर देउसी खेल्दाको मज्जा नै धेरै आउँथ्यो, हिजोआज त ठूला–ठूला साउण्ड सिस्टम बोक्छन्, इन्टरनेटमाखोजेर गीत बजायोअनि नाच्यो संस्कृति यसरी परिवर्तन हुँदै गएको छ ’ ।

उज्यालै–उज्यालैको पर्वका रूपमा मानिने  दाजुभाइ र दिदीबहिनीबीचको मायाप्रेम प्रगाढ बनाउने तिहार पर्वले ढपक्कै गाउँघर बजारमा ढाकिसकेको छ ।

दाजुभाइ र दिदीबहिनीबीचको हाँसो,खुसी, मायाप्रेमलाई फराकिलो बनाउने तिहार पर्वमा बलि राजाको पालादेखि नै देउसीभैलो खेल्ने परम्परा चलिआएको कथन छ ।

सूचना प्रविधिको विकास, पश्चिमी संस्कृतिको प्रभाव ले गर्दा परम्परागतरूपमा भट्याउँदै देउसीभैलो खेल्ने परम्परा  यतिबेला विभिन्न स्थानबाट हट्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.