Thursday, January 27News That Matters

छोरी बोकेर कांग्रेसले बढ्तै फुर्ती देखाएको थियो, हामीले पनि लौन त भनेर बाउ बोकेको धोका खाइयो: केपी ओली

1300 Shares

चितवन । ‘छोरी बोकेर कांग्रेसले बढ्तै फुर्ती देखाएको थियो, हामीले पनि लौन त भनेर बाउ बोकेको । अब त्यस्तो गल्ती गर्नु हुँदैन । जनताले एकपटक धोका पाए । म त झुक्किएर दुई/दुई पटक भोट माग्न आएँ । अब त्यो जमना गयो ।’

सोमबार चितवनमा आयोजित प्रथम महानगर अधिवेशनमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली यसरी नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र छाेरी रेणु दाहालविरुद्द उत्रिए ।अध्यक्ष ओलीले चितवन महानगरकी मेयर रेणु दाहालमाथि पनि खबरदारी गरे ।

उनले भने, ‘फेरि मतपत्र च्यात्ने सपना नदेखे हुन्छ ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा पराजित गर्ने पनि बताएका छन् । चैतमा स्थानीय तहको निर्वाचन हुने भन्दै स्थानीय तहको निर्वाचनमा अन्य दललाई धोबीले लुगा पछारेको जस्तरी पछार्नुपर्ने बताए ।

‘यो सरकार चल्दै जाने र लुतो लागेको कुकुर जस्तै खुइलिँदै जान्छ । एमालेले चाहे यो सरकार सात दिनमा ढाल्न सक्छ तर, हामी सरकार ढाल्न हतारो गर्दैनौँ । जनतालाई सचेत पार्न अगाडि बढ्छौँ ।’

दिउँसो स्थलमार्ग हुँदै चितवन आइपुगेका ओलीले नारायणगढ-मुग्लिङ सडक खण्डस्थित दासढुंगामा पुगेर मदन भण्डारी र जीवराज आश्रितको प्रतीमामा फूल चढाएका थिए।

भरतपुर महानगर कमिटीको महाधिवेशनमा सहभागी भएका ओलीले जिल्ला पार्टी कार्यालय पुगेर महाधिवेशन सचिवालयको उद्घाटन गरे। ओलीले महाधिवेशनको बन्दसत्र गर्ने तय गरिएको सौराहा क्षेत्र, नारायणी नदीमा बनेको क्रुज सिपको अवलोकन गर्ने कार्यक्रम छ।

ओली मंगलबार माडीमा उनैको अग्रसरतामा बन्न थालेको राम, सीता मन्दिर पुग्ने कार्यक्रम छ। ओलीले प्रधानमन्त्री छँदा भानु जयन्तीको दिन मन्तव्यका क्रममा भगवान् रामको जन्म चितवनको आयोध्यापुरीमा भएको दाबी गर्दै यहाँ अयोध्याधाम निर्माण गर्ने घोषणा गरेका थिए। त्यही घोषणाअनुरूप उनले राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति तयार पारेर पठाएका थिए। ओली प्रधानमन्त्रीबाट हटेसँगै अयोध्याधाम पनि ओझेलमा पर्दै आएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.