Thursday, January 27News That Matters

चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ-माधव कुमार नेपाल

1147 Shares

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनावपछि नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् ।

बुधवार सर्लाहीको लालबन्दीस्थित बोहोरेडाँडामा प्रदेशस्तरीय पुलाल स्मृष्पति पार्कको उ’द्घा’ट’न समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई सिंगो नेकपा एमाले ठान्ने ओली प्र’वृति’लाई घु’डा टे’का’ए’र नयाँ पार्टी गठन गरेको बताए ।

मैथिली भाषामा समेत सम्बोधन गरेका अध्यक्ष नेपालले अब भविष्य भएको एकमात्र पार्टी नेकपा (एकीकृत समाजवादी) भएको दा’बी गरे ।सम्बोधनको क्रममा अध्यक्ष नेपालले पार्टी नयाँ भए पनि कम्युनिस्ट पार्टीको असल विचार र नीति लिएर आफूहरु अगाडि बढेको बताए ।

सिधा/सोझा जनतालाई ठ’ग्ने, चु’स्ने’ नीति लिएका जो कसैलाई न’छा’डि’ने उनको चे’ता’वनी थियो । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली जनताको चाहनाभन्दा पनि ल’म्पसा’रवाद’को पछि लागेको आ’रो’प लगाए ।

कार्यक्रमका दौरान पुष्पलालको शालिक अना’वर’ण गरेपछि अध्यक्ष नेपालले उनको योगदानको खुलेर प्रशंसा गरे । कार्यक्रमको धेरैजसो समय ओलीप्रति खनिएका उनले पार्टीलाई विधि र पद्धतीमा चल्न नदिएर ज’थाभा’वी गर्ने केपी ओली को हुन्? भनेर प्रश्न समेत गरे ।

देशमा ओली प्रवृ’ति हा’वी भएपछि पटक पटक संविधानको रक्षाको लागि दिनरात लागेको स्मरण गरे । कामभन्दा पनि कुरो धेरै गरेर ओलीले देशका नागरिकलाई बेव’कु’फ बनाएको भन्दै क’टा’क्ष गरे । ‘काम केही गर्नु छैन,’ उनले भने, ‘गफाडीले झै कुरामात्र गरिरह्यो ।’

जनताको मर्म र भावनाअनुसार जनताको भविश्य कोर्ने कलम लिएर नेकपा (एस) आएको उनले जिकिर गरे ।विभिन्न कार्यक्रममा सहभागी हुन मंगलवार नै सर्लाही आइपुगेका अध्यक्ष नेपाल पार्क उद्घाटनपश्चात काठमानेकपाडौं लागेको (एस) जिल्ला कमिटीले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.