Thursday, January 27News That Matters

‘ओलीले दुई/दुई पटक संसद् भङ्ग गर्दा सर्वाेच्च अदालतले संविधान बचाएकाे हाे’

1230 Shares

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले अ’दालतको परमादेशले संविधान र लोकतन्त्र बचा’एको बताउनुभएको छ ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको ६८ औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले अदालतको परमादेशले संसद्, संविधान र लोकतन्त्र बचाएको बताउनुभएको हो ।

‘केपी शर्मा ओलीलाई संसद् भङ्ग गर्ने अधिकार संविधानले दिएको थिएन, संविधानले नदिएको अधिकारलाई दुई/दुई पटक प्रयोग गर्दा सर्वोच्च अदालतले संविधान बचाएको हो’, उहाँले भन्नुभयो । पाँच दलको गठबन्धनबाट बनेको सरकारसँग स्पष्ट बहुमत रहेकाले जनादेश छैन भन्नुको कुनै अर्थ नरहेको प्रधानमन्त्री देउवाले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश र अदालतका बारेमा सरकार र आफ्नो पार्टीले केही नबोल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो अदालतभित्रको कुरा हो, उसैले यसको समाधान निकाल्न सक्छ ।’

फरक प्रस’ङ्गमा प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबाट भर्खरै राजीनामा दिनुभएका गजेन्द्र हमाल कांग्रेसकै नेता भएको समेत स्पष्ट पार्नुभयो ।

उहाँले पार्टीको १४ औँ महाधिवेशनलाई सफल बनाउन तरुण युवाको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

कार्यक्रममा नेपालको लोकतान्त्रिक आन्दो’लनमा अनवरत योगदान गर्दै प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.