Thursday, January 27News That Matters

जनलहर र ओलीको उचाई देखेर आत्तिएका प्रचण्ड-माधव नेपालाले एमाले फुटाउने योजना बनाए -महेश बस्नेत

1933 Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले सत्तालाई काँग्रेस सभापति शेरबहादुर देउवाको पाउमा लगेर चढाउनेहरुसँग आगामी चुनावमा हिसाब–किताब हुने बताएका छन् ।

नेकपा एमाले सूर्यविनायक नगर कमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्दै बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको अभियानबाट आएको जनलहर र ओलीको उचाई देखेर आत्तिएकाले एमाले फुटाउने योजना बनाएको बताए ।

केपी ओलीप्रति युवाहरुको आकर्षण बढेको देखेर प्रचण्ड-माधव नेपालाई टाउको दुखेको बताउँदै बस्नेतले भने, ‘देशका युवाहरुले एमाले अध्यक्ष ओलीलाई रोजे, ‘केपी बा आइ लभ यू’ भने, आजका लागि होइन भोलिका लागि भन्दै नारा लगाए, युवाको लहर ओलीको पछि देखेर प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र शेरबहादुर देउवालाई टाउँको दुख्यो ।’

मुलुक अस्थिर राजनीतिको शिकार बन्न थालेको बताउँदै बस्नेतले स्थिरताको निम्ति पनि निर्वाचनमा जानुको विकल्प नभएको बताए । उनले भने, ‘कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि अर्लि इलेक्सनकै पक्षमा पुगेका छन्, ।

उनले निर्वाचन आयोगलाई पनि स्थानीय तहको निर्वाचन चैत ५ गते गर्ने र सम्भव भए सबै निर्वाचन एकै पटक गर्ने गरि छलफल गर्न थालेका छन्, अर्लि इलेक्सनले मात्रै अहिलेको राजनीतिक समस्याको समाधान दिन्छ, त्यसैले अब जतिसक्दो छिटो चुनावमा जानुपर्छ ।’

सरकारको १०० दिनमा भक्तपुरको एउटा अधिवेशन र एमालेको सरकारले बनाएको ललितपुरको कुम्भेश्वरको मन्दिर उद्घाटन गर्नेबाहेक अरु केही गर्न नसकेको उनको टिप्पणी थियो ।

परमादेश जारी गर्दै ओली नेतृत्व सरकार बिस्थापित गर्ने प्रधान न्यायाधिस चोलेन्द्र शमसेर राणाको कदम गलत छ भनेर एमालेले भन्दा नपत्याउनेहरु अहिले त्यहीँ ठाउँमा आएको बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.