Thursday, January 27News That Matters

गुल्मीको डहरे खोलाले बगाएको जिप यस्तो अवस्थामा भेटियो (हेर्नुहोस तस्बिर सहित)

1134 Shares

५ कात्तिक, गुल्मी । गुल्मीमा कात्तिक १ गते डहरे खोला तर्ने क्रममा बाढीले ब’गाएको जिप फे’ला परेको छ । बुटवलबाट वामी तर्फ आउँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप जिल्लाको सत्यवती गाउँपालिका वडानम्बर–६ डहरे खोला तर्ने क्रममा ब’गेर बेप’त्ता भएको थियो ।

ब’गेको स्थानबाट ८ सय मिटर तल क्षत’विक्षे’त अ’वस्थामा बिहीबार जिप फे’ला परेको स्थानीय ज्ञानहरी सापकोटाले बताए । जिपमा चालक सहित ९ जना यात्रुहरु रहेका थिए ।

जिप खोला नजिक दलदलमा फसेको र यात्रु र चालक झरीसकेपछि माथिबाट आएको लेदो सहिको पानीले उक्त जिप बगाएको थियो । जीपसँगै यात्रुका सबै समानहरु गाडि संगै बगेका थियो ।

यस अघिको बर्खाको समयमा पनि माल बाहक ट्रक बगाएको थियो । गुल्मी जिल्लाको क्षेत्र नम्बर १ को रिडी वामी सडक अन्र्तगत पर्ने डहरे खोला व्यस्त सडक हो ।

सडक खुलेको वषौं भएपनि अझैपनि कालो पत्रे र ठाउठाउका खोलाहरुमा पक्की पुल बन्न सकेको छैन् । जसले गर्दा वर्षातको समयमा जोखि मोलेरै सयौं सवारीका साधनहरु आउजाउ गर्ने गर्दछन् ।यो सडक भएर गुल्मी जिल्लासँगै छिमेकी जिल्ला बाग्लुङ बुर्तिबाङ सम्म सवारी साधान गर्ने गर्दछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.