Thursday, January 27News That Matters

एमसीसी वि’रो’धीलाई प्रधानमन्त्री देउवाले यस्तो भनेपछि आ’क्रो’शित भीम रावल

1307 Shares

काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीवि’रुद्ध ‘केही तत्त्व’ले बखेडा झि’केको आ’रोप लगाएपछि नेकपा एमालेका उपाध्यक्ष भीम रावल आ’क्रो’शित भएका छन्।

प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको सरकारले सय दिन पुगेको अवसरमा गोरखापत्र दैनिकलाई दिएको अन्तर्वार्तामा एमसीसी नेपालको हितमा रहेको दा’बी गर्दै ‘केही त’त्त्व’ले ब’खेडा गर्न खो’जेका आ’रोप लगाएका छन्।

यसैका वि’रुद्ध एमाले उपाध्यक्ष रावलले बुधबार साँझ सामाजिक सञ्जालमार्फत देउवावि’रुद्ध टिप्पणी गरेका हुन्। ‘नेपालको स्वाधी’नता’विरो’धी एमसीसी सम्झौताको वि’रोध गर्नेहरूलाई प्रम देउवाले ‘बखे’डा झि’क्ने केही तत्व’ भन्नु महाकाली स’न्धि गरी राष्ट्रियताको ‘तत्त्व’ न’ष्ट गर्ने दि’मागकै उपज हो’, रावलले भनेका छन्, ‘राष्ट्र’घा’ती प्राव’धान नह’टाई सम्झौता अनुमोदन गर्न एमसीसीसँग प्रश्न उत्तरको ना’टक गर्नेहरू वि’देशभ’क्तिका वा’हक हुन्।’

प्रधानमन्त्री देउवाले एमसीसीको विषयमा जुन प्रचार गरिएको छ, त्यो कुरा नभएको दाबी पनि गरेका छन्। ‘एमसीसी नेपाललाई दिइएको त्यो ‘ग्रा’न्ट’ हो। ब्या’जमा होइन यो’, देउवाले भनेका छन्, ‘ऋण होइन, अनुदान हो। केही तत्त्व छन् नेपालमा, तिनले एमसीसीको नाममा बखेडा गर्न खोजेका छन्।’ एमसीसी नेपालको कानुनभन्दा माथि छ भन्ने कुराको पनि प्रधानमन्त्री देउवाले ख’ण्डन गरेका छन्।

‘वास्तवमा विश्व बैंककै कुरा गर्ने हो भने ऊसँग झगडा भयो भने अन्तर्राष्ट्रिय कानुन आकर्षित हुन्छ। एडीबी, आईएमएफमा पनि त्यही हो। तिनका जति पनि ऋण छन्, त्यस विषयमा मुद्दा परेमा अन्तर्राष्ट्रिय कानुनअनुसार जान्छ’, देउवाले भनेका छन्, ‘नेपालको कानुनले हेर्नै पाउँदैन। यो सन्दर्भलाई नेपालको कानुनभन्दा माथि भनेर ब’खेडा निकालिएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.