Thursday, January 27News That Matters

सुनौलि नाकाबाट स्पेयर पार्टसको अवैध आयातले सरकारको राजस्वमा धक्का,स्थानिय व्यापारीहरु विस्थापित हुनुपर्ने अवस्था

1825 Shares
काठमाडौं, । हाम्रो देश नेपाल भारतसंग खुल्ला सिमानाका कारण अवैध रुपमा माल सामान ओसार पसार हुनु कुनै नौलो कुरा होइन तर विगत केहि महिना यता यो क्रम ह्रवातै बढेर गएकोछ जसको प्रतक्ष्य असर सरकारको राजस्वमा पर्ने देखिन्छ ।

विशेष रुपमा नेपालको मुख्य नाका मध्य एक सुनौलिनाका बाट अ’वै’धरुपमा ठुलो मात्रामा गाडीमा लाग्ने पार्टसहरु भित्रिने गरेको पाइएको छ जसबाट राज्यलाई दिनहु ठुलोमात्रामा राजस्व नोक्सानि पर्ने गएको देखिन्छ ।

अधिकारीक रुपमा गाडीमा लाग्ने पार्टसहरु भित्राउ‘दा मुःअःकर सहित ४३ % सम्म राजस्व बुभmाउनु पर्ने हुन्छ तर यी सामान अ’वै’ध तवरबाट भित्रिदा सरकारलाई दैनिक लाखौको राजस्व नोक्सानि हुदै आइरहेको छ । जवकि सम्बधित निकाय मौन बसिदिदा यो क्रम दिनादुन बढदै गइरहेको छर ।

भैरहवा क्षेत्रमा अटो पार्टस व्यवसाय गरि बसेका जमुना एण्ड सन्सका सञ्ंचालक अनुसार संबन्धित निकायले कुनै चासो नदिंदा दैनिक खपतको ६० % भन्दा बढी पार्टसहरु अ’वै’ध तवरले आयात भैइरहेका छन जसले अवैध आयातलाई प्रोत्साहन गर्नुका साथै सरकारको राजस्व संकलनमा पनि असर पुराएको छ ।

बुटवल मैनावगरमा अटो पार्टस व्यवसाय गर्दै आएका श्री कृष अटोमोवाइलका संचालक सुरज रेश्मी मगरले सुरु–सरुमा सिमाना आसपासमा मात्र यस्ता गतिविधि भएपनि हाल आएर यस्तो अवैध आयात रुपन्देही, कपिलवस्तु एंव नवलपरासीका सम्पुर्ण क्षेत्रसम्म विस्तार भएको बताउ‘छन् । सम्बन्धित निकाय भने यस्ता किसिमका अवैध आयातलाई निरुतसाहित गर्ने कुनै ठोस पहल नगरेको पाइएको छ ।

यस संम्बन्धमा संम्बन्धित निकाय लाई बारम्बार अधिकारीक रुपमा जानकारी गराएपनि सम्बन्धित निकाय चुप लागेर बस्नु आश्चार्यको विषय भएको बताउनु हुन्छ बुटवल इन्जिनियारिड. एसोसिएसनका उपापाध्यक्ष बाबु राम आचार्य । सरकारलाई दैनिक लाखौका नोक्सानि हुनु भनेका आखिर जनतालाई नै नोक्सानि भइरहेको उनको भनाई छ ।

स्थानिय व्यापारीका अनुसार गाडी धनी स्वयंले सिमापारीका व्यपारीलाई सम्र्पक गनै र एजेन्टको सहयोगमा विभिन्न किसिमको सेटिङ्गमा ग्यारेज सम्म माल सामान उपलब्ध खुलेआम हुने गरेको हो जसले सरकारको राजस्वमा प्रतक्ष्य असर गरेको नै छ साथ साथै राज्यलाई कर तिरेर व्यवसाय संञ्चालन गरिरहेका स्थानिय व्यापारीहरु विस्थापित हुनुपर्ने अवस्था आएको छ ।

यस्तो किसिमको भयावह स्थीति आइसक्दा पनि सम्बन्धित निकायले नजर अन्दाज गर्नुले सो निकायको कार्यशेलिप्रति समेत प्रश्न चिन्ह खडा गरेकोे छ साथ –साथै सस्तो मुल्यको लोभमा सक्कलि भनि नक्कलि पार्टसको प्रयोग पनि व्यापक रुपमा बढदै गएको देखिन्छ ।

यस सम्बधमा सम्बधित निकायले छिटो भन्दा छिटा ठोस कदम उढाएर अ’वै’ध किसिमका आयातलाई पूण रुपमा बन्द गर्नु पनै अति आवश्यक रहेको छ साथै भविष्यमा यस्ता किसिमका कियाकलापलाई निरुतसाहित गर्न केन्द्र सरकारले यसमा विशेष ध्यान पुराउन जरुरी देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.